सर्लाहीमा ट्याक्टर दुर्घटना, दुई बालकको मृत्यु

0
672

सर्लाही।

सर्लाहीको बेग्लाबेग्लै स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी दुई बालकको मृत्यु भएको छ ।

जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने कौडेना गाउँपालिका–२, इनर्वा टोलमा आइतबार बिहान ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । स्थानीय बिजय रायको लु १ त ८३७० नम्वरको ट्याक्टरले किचेर रायकै १३ वर्षीय छोरा नितेशको घटनास्थलमै मृत्यु भएको हो ।

घर नजिक रहेको गोठमा पार्किङ गरेर राखिएको ट्याक्टर बालक आफैले चलाएर खेतमा लानेक्रममा ट्याक्टर पल्टिएर किचेको प्रहरीले जनाएको छ ।

यस्तै सदरमुकाम मलङ्गवामा ट्याक्टरबाट खसेर शनिवार साँझ एक बालकको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–४, स्थित गणेशीया नहरको पुलमा ज २ त ८५२ नम्वरको ट्याक्टरबाट खसेर मलङ्गवा नगरपालिका–३, बस्ने सिकिन्द्र रायका ८ वर्षीय छोरा मनिसकुमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मलङ्गवाबाट मोतिपुरतर्फ जाँदै गरेको ट्याक्टरबाट खसेर गम्भीर घाईते भएका बालकलाई उपचारका लागि मलङ्गवा ल्याउनेक्रममा बाटैमा मृत्यु भएको हो ।

दुवै मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखी दुर्घटनाको सम्वन्धमा अनुसन्धान भैरहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिं राठौरले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here