भाइको कुटाइबाट दाइको मृत्यु

0
453

सोलुखुम्बु,

सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको छ ।

थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रकाश राईको शनिबार राति ज्यान गएको हो ।

घरमा आमासँगै बस्दै आएका दाजुभाइबीच झगडा भएको थियो । झगडा के कारणले भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन । भाइ किरणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here