को को परे त १ नम्वर प्रदेशमा नेकपाको ईन्चार्ज र सहईन्चार्ज !: झापा इन्चार्जमा कोइराला

0
911

विनोद सापकोटा / झापा।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ जिल्ला र ६ वटा महानगरको इञ्चार्ज र सह इञ्चार्ज तोकेको छ ।

१ नम्वर प्रदेशको १४ जिल्ला र बिराटनगर महानगरपालिकाको ईन्चार्ज सचिवालय बैठकले तोकेको हो । प्रधानमन्त्री केपि ओलिको गृह जिल्ला झापामा पार्टीको ईन्चार्ज रविन कोईरालालाई तोकेको छ । यस्तै सह ईन्चार्जमा देवेन्द्र दाहाल, धर्मशिला चापागाई, हरिवहादुर राजवंशी तोकिएका छन ।

यस्तै ईलामको पार्टी ईन्चार्जमा धिरेन्द्र शर्मा तोकिएका छन । यता पाँचथरको पार्टी ईन्चार्जमा ईन्द्रवहादुर आङ्गवो र सह ईन्चार्जमा अईन्द्रशुन्दर नेम्वाङ्ग र डम्वरशिह सम्वाहाम्फे तोकिएका छन । यता ताप्लेजँुङ्ग जिल्लाको ईन्चार्जमा भास्कर काफ्लेलाई जिम्वेवारी दिईएको छ ।

यता मोरङ्ग जिल्लाको पार्टी ईन्चार्जमा घनेन्द्र बस्नेतलाई जिम्वेवारी दिईएको छ भने सह ईन्चार्जमा गोपी वहादुर सार्की, देउमान सम्बाहाम्फे र महेश रेग्मीलाई लाई जिम्वेवारी दिईएको छ । १ नम्वर प्रदेशको एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकको पार्टी ईन्चार्जमा शिवकुमार मण्डल लाई जिम्वेवारी दिईएको छ ।

यता सुनसरीमा धर्मराज निरौला पार्टी ईन्जार्जमा चयन भएका छन भने सह ईन्चार्ज एकचन्द्र वराल, जगदिस कुसीयत, तैैयवहुसेन मियाँ, महम्मद महफुज अन्सारी र राजकुमार चौधरीलाई जिम्वेवारी दिईएको छ ।

पार्टी श्रोतका अनुसार धनकुटामा हेमराज भण्डारीलाई पार्टी ईन्चार्जको जिम्वेवारी दिईएको छ । तेह्रथुममा जयन्ती राईलाई पार्टीको ईन्चार्जको जिम्वेवारी दिईएको छ भने सह ईन्चार्जमा दुर्गाप्रसाद चापागाई र बिजय सुब्बा लाई तोकिएको छ ।
संखुवासभाको पार्टी ईन्चार्जमा राजेन्द्रकुमार राईलाई जिम्वेवारी तोकिएको छ भने सह ईन्चार्जमा राजेन्द्र कार्की लाई जिम्वेवारी दिईएको छ ।

भोजपुरको पार्टी ईन्चार्जमा सुदनराई किराती र सह ईन्चार्जमा हरीवहादुर राई लाई जिम्वेवारी दिईएको छ ।
यता, खोटाङ्गको नेकपाको पार्टी ईन्चार्जमा विसाल भट्टराई लाई जिम्वेबारी दिईएको छ भने सह ईन्चार्जमा दुर्गा जयन्ती राई, राजन राई , रामकुमार राई र समिता कार्कीलाई जिम्वेवारी दिईएको छ ।

सोलुखुम्वुको पार्टी ईन्चार्जमा शिववहादुर वस्नेत र सह ईन्र्चाजमा हेमकुमार राई लाई जिम्वेराी दिईएको छ । यता ओखलढुँङ्गाको पार्टी ईन्चार्जमा यज्ञराज सुनुवार लाई पार्टीले जिम्वेवारी दिएको छ । उदयपुर जिल्लाको पार्टी इन्चार्ज वलदेव चौधरी र सह ईन्चार्जमा मन्जुकुमारी चौधरी लाई पार्टीले जिम्वेवारी दिएको नेकपाको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here