बलात्कारी दश वर्षका लागि कारागार चलान

0
425

खोटाङ।

बालिकालाई जबर्जस्ती बलात्कार गरेको मुद्दामा दोषी ठहरिएका साकेला गाउँपालिका–५ मात्तिम (साबिकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राई कारागार चलान भएका छन् । २०६६ साल असार २३ गते एक बालिकालाई जबर्जस्ती बलात्कार गर्ने राई आइतबार कारागार चलान भएका हुन् ।

शुक्रबार घरैबाट पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराएलगत्तै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताउनुभयो । महिलालाई जबर्जस्ती बलात्कार गरेकामा उनलाई जिल्ला अदालत खोटाङले २०७१ साल मङ्सिर २५ गते दश वर्ष कैद सजाय सुनाएको थियो ।

दश वर्षसम्म जिल्लाबाहिर लुकिछिपी बस्दैआएका राई केही दिनअघि मात्र घर आएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनालगत्तै फरार रहेका उनलाई प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here