दुधे ।

महामानव विपि कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ ।
महाभारतकालिन ईतिहासमा बर्णीत झापाको धार्मीक तथा पर्यटकीय सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई फलफुल वितरण गर्दे बिपी स्मृति दिवस मनाइएको हो ।
नेपाली काँग्रेस जिल्ला समितिले सवै स्थानिय तहका प्रत्येक वडामा बिपीको स्मृति दिवस मनाउने सर्कुलेसन गरेपनि शिवसताक्षीको वडा नम्वर ११ र ६ को वडा समितिले मात्र शिवसताक्षीमा महानायक बिपीको स्मृति दिवस मनाएको नेपाली काँग्रेस शिवसताक्षी नगरका सभापती पर्शुराम ढँुगानाले बताए ।
नेपाली कांग्रेस शिवसताक्षी वडा नं ११ को आयोजनामा फलफुल लगायत खाद्य समाग्री वितरण गरिएको हो । शताक्षीधाममा रहेका साधुसन्त, हरिवेद संस्कृति विद्यालयका विद्यार्थी, गोलोक गोवद्र्धधन गौशालाका गौ सेवक लगायत ६० जनालाई फलफुल र मिठाई वितरण गरिएको नेपाली कांग्रेस शिवसताक्षीको ११ नम्बर वडा समितिले जनाएको छ । कार्यक्रममा १ सय ५० पार्टीका नेता कार्यकर्ता सहभागी थिए ।
फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेस शिवसताक्षीका सभापति पर्शुराम ढुंगाना, पुर्व क्षेत्रिय सभापती नारायण बजगाई, सताक्षीधाम मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले बिपीले नेपाली राजनितिमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस शिवसताक्षी वडा नंम्वर ११ का सभापती अशोक बस्नेतले बिपी कोईरालाले नेपालको राजनितिक ईतिहासमा योगदान नगरेको भए मुलुकले यस्तो सासकिय संरचना नपाउने वताएका थिए । बडा सभापती वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडाका उपसभापती खगेन्द्र बजगाईले स्वागत र कार्यक्रमको संचालन वडा सचिव मदन राईले गरेका थिए ।






























