राजगढ।
सहारा नेपाल सहकारी संस्था लिमिटेड राजगढ सेवा केन्द्रले सेवा केन्द्रका सदस्यलाई पितृ शोक परेपछि ६० हजार रुपैयाँ सहयोग गरेको छ ।
हल्दिवारी गाउँपालिका– १ निवासी संस्थाका शेयर सदस्य नेत्रप्रसाद न्यौपानेका पिता काँशीनाथ न्यौपानेको निधन भएपछि ‘खान पुगोस् दिन पुगोस्’ कार्यक्रम अन्तरगत तीस हजार रुपैयाँ र जीवन वरदान कार्यक्रम अन्तरगत तीस हजार गरी ६० हजार रुपैयाँ प्रदान गरेको सेवा केन्द्रका प्रमुख एकदेव कट्टेलले जानकारी दिए ।
राजगढ सेवा केन्द्र सञ्चालन सहयोग उपसमिति संयोजक मोहन विक्रम ओलीको संयोजकत्वमा पुगेको टोलीले पितृ वियोगमा रहेको शोककुल परिवारमा श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकको आत्माको चीर शान्तिको कामना गरिएको थियो ।
१ लाख ४६ हजार भन्दा बढी सदस्य रहेको सशकारीले विपद्मा परेका शेयर सदस्यलाई यसरी नै सहयोग गर्दै जाने र स्वास्थ्य उपचारमा समेत सहयोग गर्ने गरेको संयोजक ओलीले बताए । सो समारोहमा संस्थाले सञ्चालन गरेका जीवन वरदान सहित अन्य कार्यक्रमको वारेमा गोलधाप शेवा केन्द्रका प्रमुख दुर्गाराज न्यौपानेले जानकारी गराएका थिए ।
उपसमिति सदस्य लोचन गुरागा¤ईले समवेदना पत्र बाचन गरेको कार्यक्रमको सञ्चालन सेवाकेन्द्रका कर्मचारी देबकुमार राजवंशीले कार्यलयका कर्मचारी मुकेश टुडूले जानकारी दिए ।































