बिर्तामोड।

झापा गाँउपालिकाले कृषि र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम सहित ३६ करोड १० लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकाले चौथो गाउँसभाबाट पारित आर्थिक बर्ष २०७६÷०७७ को नीति, कार्यक्रम तथा निर्णयहरु मंगलवार कार्यालयमा आयोजीत कार्यक्रममा सार्वजनिक गरेको हो । गाउँपालिकाका सामुदायिक बिद्यालयमा कक्षा ९ मा अध्ययनरत दुईसय ३५ जना छात्रालाई साइकल प्रदान गर्ने, ११ कक्षालाई निःशुल्क र गाउँपालिकाबाट पिएचडी गर्ने बिद्यार्थीलाई एकलाख रुपैयाँ सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए ।
गाँउपालिकालाई शिक्षाको स्तरमा अब्बल राख्न गर्न सक्ने सबै सहयोग गर्ने बताए । उनले मुस्लिम समुदायका महिलाहरुको अध्ययनमा सहयोग गर्ने हिसाबले उनीहरुलाई छुट्टै सहयोग गर्ने योजनाका साथ गाँउपालिकाले बजेट ल्याएको गाँउपालिकाका अध्यक्ष साहले बताए ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष शाहले कृषि कार्यक्रम अन्र्तगत जहाँ खेत त्यहाँ पोल पु¥याई सिंचाईका लागि सहयोग गर्ने, कृषिमा आत्मनिर्भर बनाउँने उदेश्यले मकै तथा धान जोन लागू गर्नेे बताए । उनले गाँउपालिका क्षेत्रमा रहेको खेती योग्य जमिनलाई सदुपयोग गर्दै खेतीमा आत्म निर्भर बनाउन सबै कृषाक हौसला बढाउने अध्यक्ष साहले बताए ।
त्यस्तै गाउँपालिकालाई बाढीबाट जोगाउन जनताको तटवन्ध कार्यक्रम अन्र्तगत विरिङ, कनकाई र सानो माईमा तटबन्ध बनाउने र स्वयमसेवीकाको स्वास्थ्य विमा निःशुल्क गरिने लगायतका कार्यक्रमहरु सार्वजनिक गरिएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट ७६ लाख, मालपोत रजिस्टेशन वाँडफाँडबाट १६ लाख, संघीय वित्तिय समानिकरणबाट ११ करोड ७८ लाख, संघीय राजश्व वाँडफाडबाट ८ करोड ७९ लाख, प्रदेश वित्तिय समानिकरणबाट ७२ लाख २६ हजार, प्रदेश वाँडफाडबाट ५८ लाख ४ हजार र संघीय सशर्त अनुदानबाट १३ करोड ३१ लाख आम्दानी गर्ने कार्यक्रममा बजेटमा उल्लेख गरिएको छ ।

त्यस्तै चालुखर्चतर्फ ४ करोड ८६ लाख, आर्थिक विकासतर्फ ३१ लाख, पूर्वाधार विकासतर्फ १४ करोड ९५ लाख, वन, वातावरण, विपद् तथा सरसफाईतर्फ १० लाख, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनतर्फ ५१ लाख ९८ हजार, सामाजिक विकासतर्फ २ करोड ५३ लाख र संघीय सशर्त अनुदानतर्फ १३ करोड ३१ लाख रुपैयाँ सार्वजनिक गरेको छ ।
बजेट सार्वजानिक कार्यक्रममा स्वागत गर्दै गाउँपालिकाकी उपाध्यक्ष कुन्तिदेवी बुढाथोकी हरेक वटामा एउटा झापाा र्गारवका आयोजनाहरु रहेको बताइन् । उनले हरेक वडालार्इं समृद्ध बनाउदैं गाँउपालिकालाई आर्थिक, शैक्षिक, सामाजिक क्षेत्रबाट माथि उठाउदैं हरेक नागरिकलाई सक्षम बनाउन लाग्ने बताइन् । उनले गत आर्थिक वर्षसम्ममा गाँउपालिमा पेशभएका ५२५ वटा मुद्धा मेलमिलापको आधारमा मिलाउन सफल भएको बताइन् ।
बजेट सार्वजानिक कार्यक्रममा बोल्दै गाँउपालिकाका प्रशासकीय अधिकृत गणेशराज कार्कीले आर्थिक पारदर्शितालाई पहिलो प्राथमितामा राख्दै हरेक आर्थिक गतिबिधि बैंकिङ प्रणाली मार्फत गर्ने उल्लेख गरे । आर्थिक समृद्धि नै गाँउपालिकाको मुख्य आधार भएकाले झापा गाँउपालिको आधार कृषि र पूर्वाधार श्लोगन नै राखेर अघि बढेको बताए । उनले विकास निर्माणलाई पहिलो प्राथमितामा राख्दै कृषिमा हरेक जनतालाई आत्मनिर्भर बनाउन गाँउपालिकाले विभिन्न प्रोत्सहानका कार्यक्रम ल्याएको उल्लेख गरे ।
कार्यक्रममा सात वटै वडामा अध्यक्ष, गाँउपालिकाका सबै सदस्यहरु, नेकपाका गाउँपालिका अध्यक्ष रुद्र बजगाई, नेपाली काँग्रेसका क्षेत्रिय सचिव शिव कडेल, राष्ट्रिय जनता पार्टीका विश्वसिंह राजवंशीलगायतको उपस्थिति थियो । कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।




























