‘विद्यार्थीलाई झुक्याउँदैन थ्रीबीजले’

८ श्रावण २०७६, बुधबार मा प्रकाशित

थ्रीबीज एजुकेशन एण्ड भिषा सर्भिसेस अष्ट्रेलियाका अप्रेसन म्यानेजर तीर्थ खतिवडासँग गरिएको कुराकानीको सम्पादित अंश :

कस्तो संस्था हो थ्रीबीज ?

– थ्रीबीज एजुकेशन एण्ड भिषा सर्भिस शैक्षिक संस्था हो । यहाँ हामी शैक्षिक परामर्श दिने काम गर्छाैं । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने काम गर्छ यसले । हामी परामर्श दाता हौं ।

कसल्टेन्सीको भीडमा थ्रीबीज नै किन रोज्ने ?

– राम्रो प्रश्न गर्नुभयो यहाँले । थ्रीबीज शैक्षिक परामर्श केन्द्र हो । हामी विद्यार्थीलाई पहिला किन विदेश अध्ययनका लागि जाने ?, आर्थिक खर्च कस्तो लाग्छ ?, अध्ययनका लागि विदेश नै जानुपर्ने आवश्यकता किन सबैकुरा बुझेर मात्रै प्रक्रिया अघि बढाउँछौं । हामी विद्यार्थीलाई उचित काउन्सिलिङ दिने काम गर्छौं । हतारोमा विद्यार्थीलाई झुटबोलेर झुक्याउने काम गर्दैनौं ।

त्यसैले त छोटो समयमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ लगायतका विद्यार्थी र अभिभावकले विश्वास गर्नुभएको छ । सबैको मन जित्न सफल भएका छौं । हामीलाई गर्व लाग्छ हामीले योग्य र दक्ष परामर्शताहरुबाट विद्यार्थीलाई सही परामर्श दिएका कारण समस्या आएका छैनन् । त्यसैले यदि अध्ययनका लागि विदेश जाने भएमा एकपटक थ्रीबीज आउनुहोस् बुझ्नुहोस् र यहाँबाट उचित सल्लाह लिएर अघि बढ्नुहोस् । हामी उचित परामर्श दिनेछौं ।

अष्ट्रेलिया जाने विद्यार्थीले के आधारमा थ्रीबीजलाई विश्वास गर्ने ?

– हामीलाई विश्वास गर्ने आधार प्रशस्त छन् । हामी हतारमा डकुमेन्ट नपुगी विद्यार्थी पठाउँदैनौं, उचित परामर्श दिन्छौं, परिवारलाई अध्ययनका विषयमा सबै जानकारी गराउँछौं, कानूनी प्रक्रिया पूरा गरेपछि मात्रै डकुमेन्टहरु अप्लाई गर्ने गरेका छौं । साथै हाम्रो कार्यालय अष्ट्रेलियामा पनि रहेकाले अष्ट्रेलियाको कानून तथा शिक्षाका विषयमा सबै जानकारी गराउनेछौं । कुनै सहयोग गर्नु परेमा हामी अष्ट्रेलियमा पनि सहयोग गर्ने गरेका छौं ।

हामी विद्यार्थीलाई पैसा कमाउनेभन्दा पनि उच्च शिक्षा हासिल गरेर स्वदेशमा फर्किएर केही गर्ने प्रेरणा दिने काम गर्छौं । त्यसैले हामीलाई विश्वास गर्ने आधारहरु छन् । हामी पैसा कमाउने मात्र उद्देश्य राख्दैनौं स्वदेशको विकास र यहाँको शैक्षिक स्तर उकास्नुपर्छ भन्नेकुरामा ध्यान दिन्छौं ।

अष्ट्रेलियामा धेरै विद्यार्थीको विजोग भएका समाचारहरु आउने गरेका छन् । थ्रीबीजलाई यस्ता समस्या आउन नदिन के गर्ने गरेको छ ?

– यो समाचार गलत हो । होला केही व्यक्तिलाई समस्या प¥यो होला, तर सबै विद्यार्थीलाई परेको छैन । अष्ट्रेलियको कानून अनुसार चल्न नजान्दा केही समस्या नआएका होइनन् । हामी यो कुरामा सजग छौं । सबै कानूनी प्रक्रिया पूरा गरेपछि मात्रै विद्यार्थीको भिषा अप्लाई गर्ने गरेका छौं ।

त्यसैले त छोटो समयमा विद्यार्थी र अभिभावकको मन जित्न सफल भएका छौं । हामी शिक्षालाई ध्यान दिन्छौं । हाम्रा शाखाहरुमा दक्ष परामर्शदाताहरु राखेका छौं । उहाँहरु अनुभवी र योग्य हुनुहुन्छ । विदेशी भूमिमा आउन सक्ने समस्या र त्यसबेला अप्नाउनुपर्ने सजगताको विषयमा विद्यार्थी र अभिभावलाई शुरुवातमा नै सचेत गराउने गरेका छौं ।

कन्सल्टेन्सीहरुलाई विद्यार्थी विदेश पठाएर मेनपावरको धन्दा चलाएको आरोप लाग्ने गर्छ नि ?

– हो यो आरोप लाग्ने गर्छ । तर, कसले यस्ता आरोप लगाउँछन् भन्ने कुरा महत्वपूर्ण हो । हामी शैक्षिक परामर्शदाता हौं । योग्य विद्यार्थीले कुनै पनि विद्यालयमा अध्ययन गर्न चाहन्छ भने उसले पाउँछ । हामी परामर्श दिन्छौं जानै पर्छ भन्दैनौं विद्यार्थी आफैं जान चाहेमा हामी उनीहरुलाई समन्वय मात्रै गर्ने गरेका छौं ।

मान्छे आउने बित्तिकै पासपोर्ट राखेर हामी विदेश अध्ययनका लागि पठाउँछौं भन्दैनौं । हामी काउन्सिलिङ गर्छौं र ऊ कुनै पनि देश अध्ययनका लागि जान चाहेमा त्यहाँको कलेजको विषयमा जानकारी गराएर आवश्यक समन्वय मात्रै गर्ने गरेका छौं । हामी कसैलाई भ्रममा पारेर विदेश पठाउने काम गर्दैनौं । अध्ययनका लागि परामर्श दिने काम गर्दछौं । विशेषगरी थ्रीबीजले अष्ट्रेलिया, जापान लगायतका लागि परामर्श दिँदै आएको छ ।

योग्य विद्यार्थी सबै विदेशिने हो भने कसरी हुन्छ देशको विकास ?

– तपाईको प्रश्न ठीकै हो । योग्य विद्यार्थी विदेशिनु हुदैन् । तर, योग्य विद्यार्थीले विदेश गएर अध्ययन गरेर दक्ष बनेर स्वदेश फर्किर देशको विकास गर्नुपर्छ । हामी कुनै पनि विद्यार्थीलाई विदेश जाँउ नेपाल नर्फक भन्दैनौं । हामी विद्यार्थीलाई विदेशमा सिकेका ज्ञान र सीपलाई स्वदेशमा आएर लगानी गर्न सुझाव दिने गरेका छौं ।

झट्ट हेर्ने हो भने योग्य विद्यार्थी विदेशिएमा कसरी देशको विकास हुन्छ भन्ने भ्रम पर्नसक्छ । तर, ऊ दक्ष भएर आयो भने उसले कति योग्य व्यक्तिलाई दक्ष बनाउँछ र विदेशको ज्ञान र सिपलाई स्वदेशमा प्रयोग गरेर विकासको गति कुन स्तरको हुन्छ भन्ने सोच्न जरुरी छ ।

अभिभावकलाई आफ्ना नानीको विषयमा कसरी ढुक्क बनाउन सक्नुहुन्छ ?

– हाम्रो कन्सल्टेन्सीमा आउने विद्यार्थीलाई काउन्सिलङ गरेपछि थप परामर्श गर्नका लागि हामी अभिभावकलाई पनि बोलाउने गरेका छौं । विद्यार्थीको इच्छा र परिवारको सल्लाह अनुसार डकुमेन्टहरु अघि बढाउने काम गरेका छौं ।

हामीले विद्यार्थी अध्ययनका लागि जाँदा आइपर्ने आर्थिक भारको विषयमा प्रष्टसँग अभिभावकलाई शुरुवातामा नै जानकारी गराउँछौं । छोराछोरी अध्ययनका लागि भन्दै विदेश पठाउने अनि छोराछोरीले पैसा पठाएन भन्ने धेरै अभिभावहरु रहेका छन् । तर, हामीले यो विषयमा अभिभावकलाई सुरुवातमा नै जानकारी गउने गरेका छौं । त्यसैले हामीप्रति अभिभावकहरु विश्वस्त रहेका छन् ।

थ्रीबीज मार्फत अध्ययनका लागि विदेशिएका विद्यार्थीहरुको अध्ययनप्रति हामी सन्तुष्ट छौं । अभिभावकहरु पनि खुशी हुनुहुन्छ हामीलाई यो नै ठूलो सफलताको विषय हो ।

धेरै कन्सल्टेन्सी छन् बिर्तामोडमा आखिर थ्रीबीजको छुट्टै आधार के ?

– बिर्तामोडमा झण्डै दुई दर्जन कन्सल्टेन्सी रहेका छन् । सबैको आ–आफ्नै विशेषता होला । हाम्रो विशेष भनेको अध्ययन हो । सम्पत्ति बाँड्नुपर्ला तर विद्या बाँड्नुपर्दैन । त्यसैले धेरै विद्या आर्जन गर्ने व्यक्ति विश्वमा नै सफल हुन्छ । उसले कुनै पनि स्थानमा असफल हुनुपर्दैन । त्यसैले हामीले अध्ययनलाई पहिलो प्राथमिकता दिएका छौं । हाम्रो शुरुवात हेर्नुहोस् न हामीले बिर्तामोडमा नेपालमा पर्यटनको सम्भावना र महत्वको विषयमा निबन्ध लेखन प्रतियोगिता गराएका थियौं । त्यसले विद्यार्थीलाई पर्यटनको विषयमा धेरै ज्ञान प्राप्त भएको थियो ।

यसले सामाजिक दायित्व पनि बहन गरेको थियो । हामी चाहन्छौं हाम्रो देश विश्वकै सुन्दर र समृद्ध बनोस् । विश्वको अग्लो सगरमाथा तथा देशकै होचो भाग केचना प्रदेश नं. १ मा नै पर्छ । यहाँको पर्यटनको मात्रै विकास गर्न सक्ने हो भने हामीले विश्वका पर्यटकलाई पूर्वमा ल्याउन सक्छौं । हामी शिक्षालाई पहिलो प्राथमिता दिँदै सबैलाई रोजागार बन्न प्रेरित गछौं । बिर्तामोडमा हाम्रो आगमनसँगै योग्य र दक्ष विद्यार्थीले उचित कान्सिलिङ पाएका छन् भने धेरैले अष्ट्रेलिया र जापानमा पुगेर आफ्नो क्षमता प्रर्दशन गर्न सफल भएका छन् । हाम्रो कार्यालय बिर्तामोडस्थित भद्रपुर रोडको कुमारी बैंकको माथिल्लो तलामा रहेको छ । एकपटक अवश्यक सम्र्पक गर्नुहोला ।

अन्त्यमा के भन्नु हुन्छ ?

– जो कोही विद्यार्थीहरुलाई अध्ययनका लागि विदेश पठाउने सोचमा हुनुहुन्छ भने एकपटक अवश्य हाम्रा विज्ञ काउन्सिलरहरुबाट काउन्सिलिङ लिनका लागि अनुरोध गर्दछौं । हामी आवश्यक सबै प्रक्रिया पूरा गरेपछि मात्रै अघि बढ्ने भएकाले हाम्रो विश्वास नै तपाईको सफलताको श्रेय हुनेछ ।

हतारमा कुनै निर्णय नगर्नु होला सबै प्रक्रिया बुझ्नु होला यहाँ र विदेशको कानून फरक छ । त्यसैले सबैकुरा बुझ्न र उचित सल्लाह लिनका लागि एक पटक थ्रीबीज अवश्य आउनुहोला । तपाईको विश्वासलाई सधैं साथमा राखेर हामी अघि बढ्ने छौं ।

‘अध्ययनलाई पहिलो प्राथमिकता दिएका छौं’

 


को हुन् अशोक भण्डारी ?

झापाको बिर्तामोडस्थित थ्रीबीज एजुकेशन एण्ड भिषा सर्भिसेस् भन्ने बित्तिकै जोडिने नाम हो अशोक भण्डारी । झापाको झापा गाउँपालिका–६ मा जन्मिएका अशोकले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्नका लागि आफ्नो लगनशिलता र मेनहतलाई आत्मसाथ गरेका थिए । आमा मञ्जु भण्डारी र बुबा गणेश भण्डारीका एक्ला छोरा अशोकले आमा–बुबाको सपनालाई साकार पार्नका लागि दिनरात मेनहत गरिरहे । सधैं आफ्नो काम प्रति जिम्मेवार हुने गरेका अशोकलाई सफलता हासिल गर्नका लागि प्रेरणाको पहिलो स्रोत बनेका आमा–बुबा आज उत्तिकै खुशी देखिएका छन् ।

कुनै पनि काम गर्दा जिम्मेवार भएर गर्नुपर्छ र आफ्नो समाजलाई सही कुरा सिकाउनुपर्छ । भन्दै उनले विद्यालय तहदेखि नै कडा मेनहत गरेका थिए । विद्यालय तहको अध्ययन स्थानीय जनता उच्च माविमा गरेका थिए । पढाईमा कहिले पनि असफलता भोग्नु नपरेका उनी भन्छन्– ‘इच्छाशक्ति भएमा गाउँमा रहेका विद्यालयमा अध्ययन गरेर पनि शहरी क्षेत्रमा टप विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सकिन्छ । अध्ययनलाई जहिले पहिलो प्राथमिकतामा राखेका भण्डारीले कम्प्युटर विषयमा स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् ।

प्राविधिक शिक्षालाई सरकारले प्राथमिता दिइरहेका बेला उनले प्रविधिमैत्री शिक्षालाई सबै तहमा पु¥याउन सके धेरै दक्ष विद्यार्थी उत्पादन हुने बताए । भण्डारीले शिक्षा मन्त्रालयले दिने शैक्षिक तालिम (टीआइटीआई) साथै अष्ट्रेलिया अध्ययनको बारेमा परामर्श दिनका लागि लिइने प्रारम्भिक प्रमाण पत्र (क्यूइएसी) तालिम प्राप्त हुन् ।

कसरी प्रवेश गरे भण्डारी कन्सल्टेन्सीको क्षेत्रमा ?

– उच्च शिक्षा हासिल गर्नका लागि बनेका साथी नै मेरो कन्सल्टेन्सीको मार्ग दर्शक बने । अध्ययनका क्रममा साथी निमेश शिवाकोटीसँग भेट भयो । अध्ययनपछि के गर्ने भन्ने कुनै योजना नै थिएन । विदेश गएर अध्ययन गर्ने सोच बनाउँदै थिएँ त्यसैबेला साथी निमेशले उनको बुबा राजन शिवाकोटीले सञ्चालन गर्दै गर्नुभएको पूर्वाञ्चल एजुकेशनल ट्रेनिङ सेन्टर एण्ड कन्सल्टेन्सीमा आवद्ध भएर सँगै अघि बढ्यौं ।

स्वदेशमा नै केही गर्नुपर्छ भन्ने साथीको साथ पाएपछि मैले यस क्षेत्रमा प्रवेश गरे । आज सम्झन्छु मेरो त्यो निर्णयले नै यो सफलता मिलेको छ । आमा–बुबाको प्रेरणा र साथीको साथ पाएकै कारण आज सयौं विद्यार्थीलाई शिक्षा आर्जनको उज्यालोबाटो देखाउन सफल भएको छु यो नै मेरो जीवनको सबैभन्दा खुशी र सफलता हो ।

भविष्य यसमा नै छ भन्ने आधार के ?

– शिक्षा बिना कुन क्षेत्र सफल भएको छ ? म शैक्षिक क्षेत्रमा आवद्ध छु । हामी विदेश अध्ययनका लागि परामर्श दिँदै आएका छौं हो भोलि कसले पो देखेको छ र यही बसेर स्वदेशका विद्यार्थी होइन, विदेशका विद्यार्थीलाई नेपालको विद्यालयको बारेमा जानकारी गराउनुपर्ने हो कि । सरकारले शिक्षा क्षेत्रमा सुधारका योजना ल्याइरहेको छ । शिक्षा क्षेत्रमा सबैको उज्ज्वल भविष्य रहेको छ । अबको शिक्षा प्रयोगात्मक हुनुपर्छ ।

विदेशमा अध्ययन गरेर स्वदेश फर्किएपछि आफूले सिकेको सिपलाई व्यवहारमा लागू गर्न सकेमा देशको विकासले फड्को मार्ने थियो । कन्सल्टेन्सीले परामर्शदाताको भूमिका समय अनुसार परिर्वतन गर्दै अघि बढेमा हामी सधँै सबैको आवश्यकता बन्ने छौं ।

आम झापालीले अशोकसग के आशा गर्ने ?

– झापाली मात्र होइन यहाँ त शिक्षासँग सरोकार राख्ने सबैले आशा राख्नुपर्ने कुरा हो । अशोक मात्र छ भन्ने सोच्नु पनि गलत हुनेछ म भन्दा योग्य र दक्ष व्यक्तिहरु प्नि हुनुहुन्छ । तर, समय अनुसार चल्न जान्नुपर्छ हामी सबै क्षेत्रमा सफल हुन सक्छौं । जो व्यक्ति सफल हुन्छ ऊ सँग समाजले केही न केही आशा राख्नु गलत पनि त होइन ।

मैले पैसा कमाउने मात्र सोच कहिले पनि राखिन् समाज सेवाका क्षेत्रमा थोरै भए पनि सहयोग गर्दै आएको छु । तर, यहाँ थोरै दिएर धेरै हल्ला गर्ने जमात पनि छ मैले त्यो जानिन् । आगामी दिनमा सामजमा धेरै काम गर्ने योजनाका साथ अघि बढ्ने जमर्को गरेको छु । यसमा सञ्चार जगतको सहज आवश्यक पर्छ । तपाईहरुको साथ र सल्लाहलाई आत्मसाथ गर्दै अघि बढ्ने छु ।

थ्रीबीजमा  विद्यार्थीको आकर्षण

झापा।

शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको थ्रीबीज एजुकेशन एण्ड भिषा सर्भिसले विशेषगरी अष्ट्रेलिया र जापान जाने विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ । यसले युरोपियन देशहरुमा समेत विद्यार्थीहरूलाई पठाउँदै आएको छ ।
यस संस्थाबाट विद्यार्थीहरू अष्ट्रेलिया जाने गरेका छन् । कुन कलेजमा जाने र कुन कोर्ष पढ्ने भन्ने आधारमा खर्च लाग्ने गरेको छ । कुनै कलेजले छात्रवृत्ति उपलब्ध गराएमा कम शुल्क लाग्ने र छात्रवृत्ति उपलब्ध नभएमा खर्च बढी लाग्ने गरेको छ । विशेषगरी यस संस्थाबाट योग्य विद्यार्थीहरूले यहाँबाट अप्लाई गर्ने गरेका छन् ।

अध्ययनका लागि बिदेश जान चाहने युवाहरुका लागि गत वर्षबाट झापाको बिर्तामोडबाट सेवा प्रवाह गर्दै आएको थ्रीबीज एजुकेशन एण्ड भिषा सर्भिस कन्सल्टेन्सीले काठमाडौं धाइरहनुपर्ने र खर्चिलो तथा मानसिक तनाब बढी हुनेखालका परम्परागत प्रणालीलाई तोड्दै अष्ट्रेलिया, जापान लगायतका युरोपियन देशहरुमा सोझै जान सक्ने व्यवस्थासहित झापामा नै सेवा दिँदै आएको बिर्तामोड शाखाका प्रमुख अशोक भण्डारीले बताए ।

भिषा सम्बन्धी सम्पूर्ण काम यहीबाट गरेर विद्यार्थीलाई सहज बनाउने उद्देश्यका साथ बिर्तामोडमा उक्त कन्सल्टेन्सी सञ्चालनमा ल्याइएको हो । उनले परामर्श र सही सल्लाहका लागि योग्य र दक्ष शिक्षकहरु ल्याइएको बताए । विद्यार्थी भिषा पेश गर्न के गर्ने, कुन प्रक्रियाद्वारा गर्ने, कसरी गर्ने, कहाँबाट गर्ने लगायतका झञ्झटिला प्रक्रियाहरु विद्यार्थीका लागि दुबिधामूलक हुने भएकाले यस्ता दुविधाबाट छुटकारा पाउनका लागि कन्सल्टेन्सी सञ्चालन गरेको बिर्तामोड शाखाका प्रमुख भण्डारीको भनाई छ ।

साथै मानिसमा रहेका बिभिन्न दुविधामूलक तथा नकारात्मक धारणाहरु हटाउनका लागि अभिभावक र विद्यार्थी दुबैलाई सही जानकारी दिन, भिषा सम्बन्धी राजदूताबासमा अन्तरवार्ता टिप्स, आवेदन गर्नुपर्ने सम्पूर्ण कागजातहरु, कलेज तथा विश्वविद्यालय सम्बन्धी जानकारी प्राप्त प्रतिनिधिहरु कन्सल्टेन्सीमा रहेको भन्दै भण्डारीले थ्रीबीज एजुकेशन एण्ड भिषा सर्भिसको मुख्य कार्यालय काठमाडौंमा रहेको जानकारी दिए । यसका शाखा कार्यालय अष्ट्रेलिया लगायतका मुलुकमा रहेको बताइएको छ ।

अध्ययनका लागि बिदेश जाने युवावर्गका लागि सुनौलो अवसर लिएर शाखा स्थापना भएकाले यस क्षेत्रका युवायुवतीका माँझ नयाँ उत्साह तथा उत्प्रेरणाको सञ्चार पैदा भएको भण्डारीले बताए । उनले थ्रीबीज एजुकेशन एण्ड भिषा सर्भिसले सबै प्रक्रिया पूरा गरेपछि मात्रै अघि बढ्ने भएकाले सबैको मन जित्न सफल भएको दाबी गरे ।

करियर र आगामी पढाइको बारेमा चिन्तित भएका विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको थ्रीबीज एजुकेशन एण्ड भिषा सर्भिसले विदेश अध्ययनका लागि जाने इच्छा व्यक्त गरेमा मात्रै अभिभावसँगको छलफलपछि आवश्यक सहयोग गर्ने गरेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

2 COMMENTS

  1. धेरै राम्रो लाग्यो पढेर । सठीक प्रश्न, सठीक उत्तर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here