काँकडभिट्टा–काठमाडौँ चल्ने गाडीका सेवाग्राहीसँग घुस लिने प्रहरी पक्राउ

0
553

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

प्रहरी जवान कटुवालले काँकडभिट्टा–काठमाडौँ चल्ने गाडी सञ्चालनमा सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगले पक्राउ गरेको हो ।

आयोगको इटहरी कार्यालयबाट गएको टोलीले घुससहित जवान कटुवाललाई सोमबार पक्राउ गरेको भए पनि आज सार्वजनिक गरिएको हो । आरोपी कटुवालको थप अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here