शान्तिनगर ।
झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई स्थित नमुना सामुदायिक बन उपभोक्ता समुहले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । समुहको बार्षिक क्यालेण्डर अनुसार यसवर्ष करिव ३ सय वटा विभिन्न प्रजातिका विरुवा रोपिएको समुहका अध्यक्ष धनमान लिम्बूले जानकारी दिए ।
कार्यालय परिषरमा झाँडी सफाई गरि टिकको विरुवा रोपिएको छ । यसका साथै हडिया खोला पारिको विभिन्न खाली स्थानमा साल, टिक, सिसौं लगायतका विरुवा रोपिएको हो । पर्यावरणको संरक्षण र बन जोगाउन र हरियाली बनाउन बर्षेनी बृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस सामुदायिक बनले झापा र इलाममा पर्ने करिव ३१८ हेक्टर जंगल संरक्षण र रेखदेख गर्दै आएको छ ।
बन समुहका पदाधिकारी, हाँस पोखरी रेञ्जपोष्ट बुधवारेका प्रतिनीधि, जनप्रतिनीध, विभिन्न संघ–सस्थाका प्रतिनीधि, बुद्धिजीवि, उपभोक्ता लगायतले बृक्षारोपण कार्यक्रममा सहभागिता जनाएको समुहकी सचिव कविता भट्टराईले बताईन् । यसबर्षबाट समुहले बन पैदावर, चोरी तस्करी रोक्न विशेष निगरानी राख्दै कार्य अगाडी बढाएको छ ।

यसका साथै बन जंगलको संरक्षण गरी उपभोक्तालाई घाँस, दाउरा र काठ सहज ढंगले उपलब्ध गराउन चरन निशेधित क्षेत्र घोषणा गर्ने लक्ष्य समेत राखेको समुहका अध्यक्ष लिम्बूले जनाए । उक्त बन समुहबाट ६६४ जना उपभोक्ताले विभिन्न सेवा उपभोग गरिरहेका छन् । यसका साथै समुहले सात नम्वर वडामा हुने गरेको विभिन्न विकास निर्माण, पर्यटन, खेलकुद लगायतको क्षेत्रमा सहयोग गर्दै आएको छ ।































