गोरखामा ओढार भित्र भेटियो १६ केजी सुन

0
1204

गोरखा,

गोरखामा ओढारभित्र लुकाएको अवस्थामा १६ केजी सुन बरामद भएको छ । धार्चे गाउँपालिका-३ को र्लाबेंसी ओढारमा लुकाइरहेको अवस्थामा उक्त सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

बरामद भएको सुन चिनियाँ नाका हुँदै नेपालतर्फ भित्र्याइएको प्रारम्भिक अनुमान गोरखा प्रहरीले गरेको छ । स्रोतका अनुसार उक्त सुन स्थानीय धनकमल गुरुङले तिब्बतबाट खच्चड बोकाएर ल्याएको खुलेको छ ।

कासीगाउँ प्रहरी चौकीका अनुसार गएको असार ११ गते रातिदेखि हराइरहेका गोरखाको चुमनुव्री गाउँपालिकाका धनकमल गुरुङले लुकाएको अबस्थामा सुन बरामद गरिएको थियो  ।

तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि गुरुङले ओढारमा लुकाएर भागेका थिए । प्रहरीले गुरुङलाई भने हिजो काठमाडौंबाट पक्राउ गरेपछि उनकै सूचनाका आधारमा प्रहरीले सुन बरामद गरेको प्रहरी चौकी कासिगाउँका प्रहरी सहायक निरीक्षक तुल्सीराम चौधरीले बताए।

प्रहरीका अनुसार उनले सुुन आफ्नो नभई आफूले भरियाको काम मात्र गरेको प्रारम्भिक बयान दिएका छन् । सुन कस्को हो प्रहरीले केही बताएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here