विषादी परिक्षणको माग गर्दै नेविसंघको प्रर्दशन

0
887

झापा,

नेपाल विद्यार्थी संघ झापाले विषादीयुक्त तरकारी परिक्षण गरेमा मात्र नेपाल भित्र्याइनु पर्ने माग राख्दै बिहिबार काँकरभिट्टा नाकामा प्रर्दशन गरेको छ ।

झापाका विभिन्न कलेजमा रहेका संघका सदस्यहरुको उपस्थितीमा भएको विरोध कार्यक्रममा विषादीयुक्त तरकारी परिक्षण गर्नुपर्ने माग राख्दै करिब एक घण्टा नाकमा विरोध प्रर्दशन गरिएका थियो ।

विरोध कार्यक्रममा बोल्दै नेवि संघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीले भारतबाट ल्याइने विषादी युक्त तरकारीले सम्पूर्ण नेपालीहरुको स्वास्थ्यमा गम्भिर असर परेकोले नेपाल सरकारले यस तर्फ चाँडो भन्दा चाँडो ध्यान दिन जरुरी रहेको बताए ।

नेपाल विद्यार्थी संघ झापाका प्रवक्ता संजय निरौलाले संचालन गरेको कार्यक्रममा जिल्ला सदस्य, कलेज सभापति लगायतका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here