२७ वर्षीय युवकलाई बोरामा हालेर फ्याँकेको अवस्थामा उद्धार

0
590

भक्तपुर ।

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका—१ घर भइ मध्यपुरथिमि नगरपालिका–१, लोकन्थली बस्ने २७ वर्षीय मनिष भण्डारीलाई बोरामा हालेर फ्याँकेको अवस्थामा प्रहरीले उद्धार गरेको छ ।

प्रहरीले भक्तपुर र काठमाडौंको सिमाना मनोहरा खोलामा हात र खुट्टामा डोरी तथा मुखमा पट्टी बाँधेर फ्याँकेको अवस्थामा प्रहरीले बुधबार बिहानै उद्धार गरेको हो ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले मंगलबार राति खोलाको किनारामा मान्छेको आवाज सुनेर हेर्न जाँदा बोराभित्र बाँधेर फ्याँकिएको अवस्थामा भण्डारीको उद्धार गरिएको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ ।

प्रहरीकाअनुसार प्रारम्भिक अनुसन्धानमा गत आइतबार भण्डारीलाई लोकन्थलीबाट तीनजना अपरिचित व्यक्तिले जबरर्जस्ती भ्यानमा हालेर तीन दिनसम्म विभिन्न ठाउँमा घुमाइ राति बाँधेर बोरामा हालेर फ्याँकेको पाइएको हो ।

कोटेश्वर प्रहरीले भण्डारीलाई अपराध अनुसन्धान महाशाखालाई बुझाएको र महाशाखाले घटनाको अनुसन्धान सुरु गर्दै उक्त घटनामा संलग्नको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here