करेन्ट लागेर बुवा–छोराको मृत्यु

0
702

जनकपुरधाम ।

धनुषाकोे कमला नगरपालिका–१ मंगराहा गाउँमा करेन्ट लागेर बुवा–छोराको मृत्यु भएको छ।

खेतमा काम गर्न गएका बेला ४५ वर्षीय राजेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धमेन्द्रको करेन्ट लागेर मृत्यु भएको हो।

शुक्रवार साँझ करेन्ट लागेर घाइते भएका उनीहरुलाई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय शहीदनगर यदुकुहाले जनाएको छ।

बिजुलको तार खेतमा खसेकाले करेन्ट लागेको स्थानीय सुरेन्द्र मण्डलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here