डुङ्गा चलाएर आम्दानी

0
2108

लमही,

दाङको लमही–९ रिहारस्थित सागर चौधरीले डुङ्गा चलाउन थालेको तीन वर्ष भयो ।

यसभन्दा अघि उहाँका बुबाले डुङ्गा चलाउनुहुन्थ्यो । बुबा बुढो हुँदै गएपछि १७ वर्षको उमेरदेखि डुङ्गा चलाउन थालेको सागर बताउनुहुन्छ ।

उहाँले राप्ती नदी पानीको बहाब बढेर वारपार गर्ने अवस्था नभएमा डुङ्गामार्फत मानिसलाई वारपार गराउने गर्नुभएको छ । उहाँका बुबाले करीब २४÷२५ वर्ष सोही ठाउँमा डुङ्गा चलाएर घर परिवार पाल्दै आउनुभएको थियो ।

पैतिया–गङ्गदी घाट नजिकबाट सागरले डुङ्गामा मानिसलाई तारेर दैनिक ५०० देखि एक हजारसम्म आम्दानी गर्ने गर्नुभएको छ । डुङ्गामा तारेवाफत उहाँले प्रतिव्यक्ति रु २० लिने गरेको बताउनुभयो ।

कक्षा १० सम्मको पढेपछि देउखुरीको लमहीबाट कोरियन भाषा पढाइ शुरू गरे, तर त्यसमा पनि उनुत्तीर्ण भएपछि उहाँले पुख्र्यौली पेशा शुरु गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here