जाजरकोट अस्पतालमा औषधि अभाव

0
620

जाजरकोट ।

कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट अस्पतालमा औषधिको अभाव भएको छ । एक महीनादेखि अस्पतालमा औषधि अभाव भए पनि आपूर्ति नहुँदा विरामीले सास्ती खेप्नु परेको छ ।

दैनिक पुर्जी लिएर औषधि किन्न फार्मेसीमा बिरामी पुगेपनि औषधि नहुँदा बाहिरको औषधि पसलमा गएर खरीद गर्न बाध्य भएको बिरामीले बताएका छन् । जीवन बिमा गरेका बिरामीहरुले सबैभन्दा बढी समस्या खेपेका छन् । बिमा गरेका बिरामीले समेत औषधि नहुँदा औषधि पसलमा गएर औषधि किन्न बाध्य भएका छन् ।

औषधि अभावका विषयमा जाजरकोट अस्पतालका प्रमुख डा केशर कार्कीले औषधि केही दिनमा आइपुग्ने बताउनुभयो । कर्णाली प्रदेश सरकारले पठाएको बजेट पुरानो हिसाबको लेखा परीक्षण नगरुन्जेल चलाउन नपाउने भएकाले समस्या भएको उहाँले बताउनुभयो ।

निःशुल्क पाइने औषधिसमेत जाजरकोट अस्पतालबाट पाउन छाडेको नलगाड नगरपालिका–६ का थलबीर कमाइले बताउनुभयो । महीना दिनअघि नै औषधि सकिएको प्रशासनलाई जानकारी गराएपनि सुनुवाइ नभएको फर्मेसी विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here