भद्रपुरमा खानेपानी उपभोक्ता तथा सरसफाई महासंघ

0
1122

गंगा बराल/भद्रपुर ।

भद्रपुर क्षेत्रमा रहेका खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाहरुको भेलाले भद्रपुर नगरस्तरीय खानेपानी उपभोक्ता तथा सरसफाई महासंघ गठन गरेको छ ।

जिल्ला खानेपानी उपभोक्ता तथा सरसफाई महासंघ झापाको सक्रियतामा नगरपालिकाको १० नं वडा कार्यालय भवनमा शनिबार सम्पन्न भेलाले चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा समिति गठन गरेको हो ।

खानेपानी उपभोक्ता तथा सरसफाई महासंघ झापा अध्यक्ष योगेन्द्र आचार्यको अध्यक्षता, जिल्ला सचिव बाबुराम कार्कीको सञ्चालन र नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले उपाध्यक्षमा पार्वती मल्ल, सचिवमा फाल्गुनन्द फागो, सहसचिवमा हेडम्बराज निरौाला र कोषाध्यक्षमा गङ्गा नेपाल घिमिरेलाई चयन गरेको छ भने सदस्यमा पृथ्वीनारायण कार्की, गुणराज ढुंगाना, सुष्मा बुढाथोकी, शुभलक्ष्मी राई, रेखा अधिकारी र देवी अधिकारी सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिका संयोजक विष्णु शिवाकोटीले जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि नगरप्रमुख जीवनकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिकी उपप्रमुख एवम् खानेपानी उपभोक्ता तथा सरसफाई महासंघ केन्द्रीय सदस्य मीना पराजुली, निर्वाचन समितिका संयोजक विष्णु शिवाकोटी, भद्रपुर नगरपालिका वडा नं १० का वडाध्यक्ष एवम् निर्वाचन समितिका सदस्य टेकबहादुर खड्कालगायतले शुभकामना दिँदै नगरको खानेपानीको समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।

महासंघको संशोधित विधान अनुसार सबै स्थानीय तहमा समिति गठन गर्नुपर्ने प्रावधानअनुरुप जिल्लाका १५ वटै स्थानीय तहमा समिति गठन गरिने जिल्ला सचिव कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here