सुनसरीबाट सशस्त्र प्रहरीका जवान डेढ लाख रूपैयाँ घुससहित पक्राउ

0
502

इटहरी ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीस्थित सशस्त्र प्रहरी बल नम्बर ४ गण, इनरूवाका सशस्त्र प्रहरी जवान बलराम यादवलाई एक लाख पचास हजार घुससहित शनिबार नियन्त्रणमा लिएको छ ।

यादवले व्यपारमा सहजीकरण गरीदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले एक लाख पचास हजार घुससहित पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार यादवलाई सेवाग्राहीसँग घुसवापतको रकम लिइसकेको अवस्थामा देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज पक्राउ गरिएको हो। घुससहित समाातिएका यादवलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए।–थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here