काठमाडौं ।

आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटको अन्तिम खेलमा सिंगापुरले नेपाललाई १९२ रनको चुनौती दिएको छ।
सिंगापुरको इन्डियन एशोसियसन मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो। सिंगापुरका लागि सर्वाधिक रन टिम डेभिडले ७७ रनको पाली खेले त्यस्तै रोहन रंगराजनले ४९ रन बनाए।
सिंगापुरका विकेटकिपर मनप्रित सिंहले ४२ रन बनाए।नेपालका लागि अविनाश बोहराले ४ विकेट लिँदा करण केसीका नाममा २ विकेट रहयो। आजको विजेताले यही अक्टोबर र नोभेम्बरमा युएईमा हुने ग्लोबल छनोटमा सहभागिता जनाउनेछ।
उक्त प्रतियोगितामा शीर्ष ६ स्थान हात पार्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छानिनेछन्।–थाहाखबरबाट

























