बिर्तामोड सरसफाई १६१ औं हप्तामा

0
765

बिर्तामोड।

बिर्तामोड सरसफाई अभियानको १६१ औं हप्तामा शनिवार स्थानीय जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

छलफलमा बिर्तामोड नगरपालिकाका प्रवक्ता साथै वडा नं–१ का अध्यक्ष अग्नि पाण्डे, वडा नं. –५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, वाड न –२ का अध्यक्ष नगेन्द्र संग्रौला, वडा सदस्य ढाँचाराज कडरिया सहभागी थिए ।

बीएण्डसी हस्पिटलका प्रिन्सिपल साथै बाग्मती सरसफाई महाअभियान अभियन्ता डा. राम उप्रेती, जिल्ला ट्राफिक प्रमुख होम अधिकारी, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सुनिल श्रेष्ठ, प्रनि ढुण्डीराज गिरी, बोस्टन एजुकेशनका सुमन शर्मा जमरकट्टेल, अभियान नेपालका आकाश श्रेष्ठ, बिर्तामोड सरसफाई अभियानमा सम्लग्न संस्थाका प्रतिनिधिले सरसफाईलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

बिर्तामोड नगरपालिकाले यो बर्ष फोहोरमैला ब्यबस्थापनमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनप्रतिनिधिले जानकारी गराए । कार्यक्रम बिष्णुप्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन भरत बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here