विराटनगर ,
खोलाले बगाएर बेपत्ता बनाएका १५ वर्षीय एक किशोर आज मृत फेला परेका छन् । रामेछाप घर भई विराटनगर महानगरपालिका– ७ मा बस्दै आएका रमेश गुरुङलाई सिंघीय खोलाले बगाएर शनिबार बेपत्ता बनाएको थियो ।
साथीहरुसँग पौडी खेल्न जाने क्रममा खोलाले बगाएर बेपत्ता बनाएका गुरुङको शव आइतबार जहदा गाउँपालिकास्थित सोही खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
खोलाले बेपत्ता बनाएपछि स्थानीय बासिन्दा र प्रहरीले गुरुङको खोजी गरिरहेका थिए ।






























