राम्रो तलब र सुविधामा विदेश पठाउने भन्दै लाखौँ रूपैयाँ ठगी गर्ने दुई जना पक्राउ

0
817

राम्रो रोजगारीमा विदेश पठाउने भन्दै लाखौँ रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुझाएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले निजहरुलाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेहरुमा वैदेशिक रोजगारमा राम्रो तलब र सुविधा पाउने आश्वास देखाउने र रकम पाएपछि सम्पर्कविहीन भएर ठगी गरेको आरोपमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का राम थारू र सुनसरी बरहाक्षेत्र नगरपालिकास्थित प्रजापति काफ्ले पक्राउ परेका छन् ।

थारूलाई काठमाडांैँको बानेश्वर र काफ्लेलाई सुनसरीको बरहाक्षेत्र–६ बसपार्कबाट प्रहरीले पक्राउ गरी आइतबार श्रम कार्यालय उपस्थिति गराएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

उहाँका अनुसार पक्राउ परेका थारूले आकर्षक तलब हुने भन्दै विभिन्न देशमा पठाइ दिने भन्दै धरानका दुई जना युवाबाट रु १७ लाख ठगी गरेका छन् ।

निजले धरान–१५ का पिण्डेश्वरी चौकका प्रकाश तामाङ र सुरज श्रेष्ठलाई पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको पीडितहरुले बताएका छन् ।यस्तै काफ्ले विभिन्न १३ व्यक्तिलाई विभिन्न देशमा रोजगारीका पठाउने भन्दै रु ७० लाख ठगी गरेको आरोपमा पक्राउ गरेको सञ्जेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here