सैनिक विमान बस्तीमा खस्यो, १७ जनाको मृत्यु

0
742

एजेन्सी ।

पाकिस्तानमा एक सैनिक विमान बस्तीमा दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ।

पाकितानको रावलपिण्डीमा भएको उक्त दुर्घटनामा कम्तिमा १७ जनाको ज्यान जनाइएको छ।

विमान दुर्घटनाहुँदा १२ जना सर्वसाधारण र ५ जना विमानका अधिकारी रहेको पाकिस्तानी उद्धार तथा बचाउका प्रवक्ता फारुक बटले जनाए। घटनामा अन्य १२ जना घाइते भएका छन्।

सैनिक विमान एक बस्तीमा दुर्घटना हुँदा उनीहरुको ज्यान गएको जनाइएको छ। दुर्घटनापछि आगो लाग्दा कयौं घर जलेका छन्। घटना के कारणले भएको हो भन्ने अनुसन्धान भइरहको पाकिस्तानी अधिकारीहरुले जनाएका छन्।–थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here