रोल्पा,
जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
लुङग्री गाउँपालिका वडा नं. ६ पाटेगुम्चाल निवासी २५ वर्षीया फुर्मली बुढाथोकी, उनकी सात वर्षीया छोरी सुनिता बुढाथोकी र तीन वर्षीय छोरा पुस्कर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार साउन ८ गते उनीहरूले जंगलमा प्राकृतिक रुपमा जागेको च्याउ ल्याएर खाएका थिए।
त्यसपछि गम्भीर बिरामी परेका उनीहरू तिनै जनालाई उपचारको लागि रोल्पा, दाङ हुँदै बुटवल र भैरहवासम्म पुर्याइएको थियो।