पढाई खर्च जुटाउन यार्सा बेच्दै मुगूदेखि झापा

0
1082

विष्णुप्रसाद पोखरेल / दमक।

नाम ढलक रोकाय क्षेत्री । उमेर १८ बर्ष । गाँउघरमा बोलाउने नाम टाइगर ।  घर मुगू जिल्लाको हिमा गाँउपालिका वडा नं. –३ सुमल गाँउ । उनले यसै बर्षमात्र एसईई परीक्षा दिएका हुन् र अब कक्षा ११ को तयारी गर्दै छन् । पढाइ खर्च जुटाउनका लागि मुगूदेखि झापासम्म यार्सागुम्बा बेच्दै आएका छन् उनी ।

दमक –६ स्थित एक कार्यालयमा यार्सागुम्बाको बारेमा जानकारी दिँदै किन्नका लागि आग्रह गर्दै गरेको अवस्थामा भेटिएका क्षेत्री दुई साताअघि दमक आइपुगेका हुन् । मुगूबाट सिधै झापा आएका हौं –क्षेत्रीले भने । आफूभन्दा ठूला दाइहरुसँंग यहाँ आएको क्षेत्रीले बताए ।

यार्सागुम्बा, केशर, शिलाजीत, जेठीमधू लगायतका जडिबुटीहरु लिएर आएको र दिनभर ग्राहक खोज्दै हिँड्ने गरेको उनले बताए । राति सामुहिक रुपमा सस्तो होटलमा बस्ने गरेको उनले बताए । उनले भने –हामी ८ जना आएका छांै र दिउँसोभर छरिएर ब्यापार गर्छांै ।

पढाइ खर्च जुटाउन आफू यसरी जडिबुटी बेच्दै आएको क्षेत्रीले बताए । अब सुर्खेत वा काठमाडौं गएर पढ्ने बिचार छ– क्षेत्रीले भने । स्थानीय भैरव माध्यमिक विद्यालयबाट आफूले एसईई परीक्षा दिएको उनले बताए ।

प्रायःजसो यार्सागुम्बा जाडोको मौसममा टिप्नका लागि बुबाआमा जाने गरेको उनले सुनाए । हामी साना मान्छेहरुलाई जान दिँदैनन् र जाने गरेका छैनांै– उनले भने । अब बर्षमा एकपटक यता आउने भन्दै क्षेत्रीले भने–अहिले यार्सागुम्बा खाएर हेर्नुहोस् र मलाई फोन गर्नुहोस् फेरि चाहियो भने म ल्याइदिन्छु ।

आफूहरुले दैनिक २ हजारदेखि ३ हजार रुपैयाँसम्मको यार्सागुम्बा र अन्य जडिबुटी बेच्ने गरेको उनले बताए ।
आफुहरुले दैनिक २ हजारदेखि ३ हजार रुपियासम्मको यार्सागुम्बा र अन्य जडिबुटी बेच्ने गरेको उनले बताए ।
यो पटक कम्तीमा पनि एक बर्षको पढाइ खर्च जुटाउन सक्छु भन्ने लागेको छ– क्षेत्रीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here