चितवन,
जुवा खेलेको आरोपमा प्रहरीले मङगलबार ११ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१५ मङ्गलपुर नमूनाटोलबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई शैलेन्द्र श्रेष्ठको कोठामा लुकीछिपी कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट रु दुई लाख ९३ हजार ३५० नगदसहित दुई थान मोबाइल, गलैँचा एक थान, कोठाको चौकोस एक थान, कौडा ३१ थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई एकापसमा बाजी थापी कौडा खेलेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ बस्ने ३५ वर्षीय हरि श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार श्रेष्ठले छिमेकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।
उनलाई प्रहरीले नगर वन क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।






























