बाल यौन दुव्र्यवहारको अभियोगमा वडा सदस्य पक्राउ

0
1057

कुश्मा,

नौ वर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा पर्वतको कुश्मा नगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् ।

कुश्मा नगरपालिका वडा नं ९ का निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली पक्राउ परेका हुन् । पराजुलीले साउन ६ गते सोही स्थानमा बसोबास गर्ने बालिकालाई यौन दुव्र्यवहार गरेको पीडित परिवारको उजुरीपछि मङ्गलबार गाउँबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

आरोपित पराजुलीलाई मङ्गलबार नै जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । उक्त घटना यसअघि गाउँमै आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको भए पनि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो ।

आरोपित पराजुली गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट विजयी भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here