सनी लियोनीले मोबाइल नम्बर दिएपछि युवकले झेल्नुपर्‍यो तनाव

१५ श्रावण २०७६, बुधबार मा प्रकाशित

एजेन्सी ।

फिल्म ‘अर्जुन पटियाला’ मा सनी लियोनीले एक मोबाइल नम्बर बताउँछिन् । मान्छेहरूले उनले दिएको नम्बर सनी लियोनीकै सम्झेपछि यसले समस्या निम्त्याएको छ ।

युवाहरूले उक्त नम्बरमा फोन गर्न थाले । तर त्यो मोबाइल नम्बर सनी लियोनीको थिएन । नम्बर दिल्लीमा रहने पुनीत अग्रवाल नामक एक व्यक्तिको थियो । ती व्यक्तिले अहिले यो नम्बर सनीको होइन भनेर भन्दाभन्दा वाक्क भइसकेको बताएका छन् ।

पुनीतलाई दैनिक एक सयभन्दा बढी सनीलाई भन्दै फोन आउने गर्छन् । फोन गर्ने सबैले सनीसँग कुरा गर्न चाहेको बताउँछन् । यो फोनबाट पुनीत यति तनावमा परे कि, उनले प्रहरीमा उजुरी नै दिएका छन् ।‘अर्जुन पटियाला’ २६ जुलाईमा रिलिज भएको थियो ।

फिल्म रिलिज भएपछि पुनीतको मोबाइलमा निरन्तर फोन आउन थाल्यो । हैरान भएपछि सनी र निर्माताविरुद्ध पुनीतले उजुरी दिएका छन् । पुनीतको मोबाइलमा भने फोन आउन छोडेको छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here