बिएमयूमा नेपाली विद्यार्थी भर्ना अभियान

0
1057

झापा।

भारतको एक प्रतिष्ठित शैक्षिक संस्था, बिएमएल मुञ्जल विश्वविद्यालय (बिएमयू), हिरो ग्रुपको गैरनाफामुलक विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि पाँचौं भर्ना समारोहको आयोजना गरेको छ ।

बिएमयूले सन् २०१४ देखि नेपाली विद्यार्थीहरु भर्ना गर्दै आइरहेको छ । यस कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरु आफ्नो अभिभावक र शिक्षकहरुसँग भ्रमण गर्ने अपेक्षा गरिएको छ । सन् २०१९ का लागि ‘द राइज अफ इन्डिस्ट्री ४.०– एक शिक्षा जसले युवालाई भविष्यको कामका लागी तयारी गर्दछ’ भन्ने नारा रहेको छ ।

कमन फाउण्डेशन प्रालिका सीइओ सन्तोष प्याकुरेलले स्वागत गरेको कार्यक्रममा बिएमएल मुञ्जल विश्वविद्यालयका भाइस चान्सलर डा. मनोज अरोडाले विश्वविद्यालय र त्यहाँको शिक्षाको बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपाली विद्यार्थीहरुका लागि भर्ना गर्ने प्रक्रिया र छात्रवृत्तिका विषयमा बिएमएल मुञ्जल विश्वविद्यालयका निर्देशक अमित शर्माले जानकारी गराएका थिए । यस कार्यक्रमले नेपाली विद्यार्थीहरुलाई भारतमा उच्च शिक्षा हासिल गर्नका लागि गेटवेको काम गरेको उनले बताए ।

भारतको नयाँ दिल्ली गुडगावमा रहेको बिएमएल मुञ्जल विश्वविद्यालय पूर्ण रेजिडेन्सल तथा सह–शैक्षिक निजी विश्वविद्यालय भएको र उक्त विश्वविद्यालयले भारतमा अभिनव शिक्षण, अध्ययन र अनुसन्धानको वातावरण स्थापना गरेको कार्यक्रममा जानकारी दिइयो । क्याम्पसको स्टेट–अफ–आर्ट प्रयोगशाला र वर्कशपले विद्यार्थीहरुलाई सामाजिक समस्याहरुको वास्तविक समाधानहरु खोज्न मात्र सहयोग नगरेर देश तथा विदेशका उच्च स्तरीय अनुसन्धानकर्तालाई बिएमयूमा आउन प्रत्सोहान गरेको छ ।

सीमेन्स, सेल, आईबीएम, इन्टेलल्याण्ड हिरो मोटर कर्पोरेसनको साझेदारीमा भएका प्रयोगशालाहरु उल्लेखनीय छन् । डा. मनोज अरोडाले बिएमयूमा नेपाली विद्यार्थीहरुको प्रभावशाली उपलब्धि र विदेशी विश्वविद्यालयहरुसँग सहकार्य गरेर कसरी विद्यार्थीहरुलाई भारतमा उच्च शिक्षाको पहुँच कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा जानकारी गराएका थिए ।

उनले भने– ‘अन्तर्राष्ट्रिय बेन्चमार्कको शिक्षा र सीप प्रदान गर्नका लागि बिएमयूमा विश्वभरका विविध समुदायका विद्यार्थीहरु रहेका छन् । हामीले बिएमयूका विद्यार्थीहरुलाई उद्योग तयारी व्यक्तित्वहरु बनाउँछौं जो स्नातकको पहिलो दिनदेखि नै नेतृत्वदायी जिम्मेवारी समाल्न योग्य हुनेछन् ।बिएमयू नेपाली विद्यार्थीहरुको भाइचारादेखि निकै प्रसन्न छ । हाम्रो नेपाली विद्यार्थीहरुले निकै राम्रो गरिरहेका छन्, एक जना नेपालमा सफल उद्यमी भइसकेका छन् भने अर्को एक जना अमेरिकी आधारित भारतको डिल्लमा रहेको एमएनसीमा सफल डेटा एनालिस्ट भइसकेका छन् ।’

विश्वविद्यालयको अनुभवमा आधारित अध्ययन मोडल रहेको छ जसले विद्यार्थीहरुलाई भविष्यमा नेतृत्व गर्न योग्य हुने गरी रुपान्तरण गर्ने उद्देश्य लिएको छ । यस मोडलमा, मुख्य कम्पनीका इन्डिस्ट्री लिडरहरु संकायका हिस्सा रहेका छन् जसले विद्यार्थीहरुलाई वर्तमान रियल लाइफ केश स्टडीहरु प्रयोग गरेर बिजनेस म्यानेजमेटको भिन्नताहरु सिकाउँछन् ।

विद्यार्थीहरु व्यवहारिक कार्य समस्याहरुमा काम गर्दै, एकसाथ ज्ञान र अनुभव विस्तार गरेर उद्योगका लागि तयार बनाइन्छ । शैक्षिक वर्ष २०१९÷२०२० देखि बिएमयूले आठ वटा स्नातक पाठयक्रमहरु थपेको छ जसअन्तर्गत बिएससी (हन्स), अर्थशास्त्र, बिज्नेस एनालिक्टसमा बिबिए, बिबिए–एलएलबी र बीए–एलएलबी रहेका छन् ।

विश्वविद्यालयले बी टेक पाठयक्रमहरुमा पनि विशेषज्ञता संचालन गरेको छ जसमा मेकानिकल इन्जिनियरिङमा अटोमोबाइल इञ्जिनियरिङ र रोबोटिक्स तथा अटोमेसनमा विशेषज्ञता, सिभिल इञ्जिनियरिङमा कनस्ट्रक्सन म्यानेजमेन्ट र स्मार्ट सिटी तथा सस्टेनेवल म्यानेजमेन्टमा विशेषज्ञता, इलेक्ट्रोनिक्स तथा कम्यूनिकेसन इञ्जिनियरिङमा इन्टरनेट अफ थिङमा विशेषज्ञता र कम्प्युटर साइन्स तथा इञ्जिनियरिङमा साइबर सेक्युरिटी तथा डेटा साइन्स तथा आर्टीफिस्यल इन्टिलिजेन्समा विशेषज्ञता प्रदान गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here