झापाका एनसेलका टावरमा अज्ञात समुहको आगजानीको प्रयास

१६ श्रावण २०७६, बिहीबार मा प्रकाशित

बिर्तामोड ।

अज्ञात समूहले झापाको अर्जुनधारा– १० कालिकास्थानमा रहेको एनसेलको टावरमा आगजनीको प्रयास गरेको छ । जुटको वोरामा पेट्रोल छर्किएर आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गएराति साढे १२ बजे अज्ञात समूहले टावरमा आगजनीको प्रयास गरेका थिए ।

एनसेल टावरको बिच्छ्याइएको तारमा आगजनीका कारण क्षति पुगेको प्रहरीले जनाएको छ । यस अघि वुधवार राति पनि झापाको भद्रपुर र दमकमा रहेका दुई वटा एकसेलको टावरमा अज्ञात समूहले आगजानीको प्रयास गरेको थियो ।

प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार भद्रपुर नगरपालिका– ३ स्थित गोले चोक र दमक नगरपालिका – १ मामा चोक नजिकै रहेका एनसेलको टावरमा आजगजीको प्रयास भएको हो । भद्रपुरको टावर बाहिर आगो लगाउने प्रयास भएको छ भने दमकमा कुकर वम विष्पोट गराइएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here