चार अर्बको अलैँची निर्यात

0
628

बिर्तामोड।

नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा रु. चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ ।

आर्थिक वर्ष ०७५÷०७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु. चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।

अधिकांश अलैँची नेपालको पूर्वी पहाडमा उत्पादन हुन्छ र काँकरभिट्टा, विराटनगरलगायत देशभरका नाकाबाट भारत तथा तेस्रोमुलु्क निर्यात हुने गरेको छ । अलैंचीको प्रति मन (४० केजी)को हालको बजार मूल्य रु. २८ हजार रहेको महासंघका महासचिव सुभाष भट्टराईले बताएका छन् ।

९५ प्रतिशतभन्दा बढी नेपाली अलैँची भारत निर्यात हुने गरेको र भारतले अन्य कृषि वस्तुमा ‘जीएसटी’ छुट गरे तापनि नेपाली अलँैचीमा कर असुल्ने कार्य गरिरहेको महासचिव भट्टराईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here