उपनिर्वाचनको मिति तोक्न आयोगले बोलायो सर्वदलीय बैठक

0
530

काठमाडौं ।

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त स्थानमा उपनिर्वाचनबारे छलफलका लागि सर्वदलीय बैठक बोलाएको छ।

आयोगले बिहीबार बिहान साढे ११ बजे प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व भएका १८ दललाई बैठकका लागि बोलाएको हो। निर्वाचनको मिति तोक्ने विषयमा दलहरूलाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए।

आयोगसँगको परामर्शमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्थाअनुसार आयोगले छलफल सुरु गरेको हो। केहि स्थानीय तहमा जनप्रतिनिधि नहुँदा समस्या भएको जनाइएको छ ।–थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here