छ वर्षदेखि फरार रसाइली पक्राउ, पक्राउ परेसँगै कारागार चलान

0
1082

इलाम, 

छ वर्षअघि नाबालिकालाई बलात्कार गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका वडा नं ५ का २९ वर्षीय सचिन रसाइली रहेका छन् ।

रसाइलीले विसं २०७० जेठ २१ गते इलाम नगरपालिकाकी एक बालिकालाई बलात्कार गरी फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रसाइलीलाई विसं २०७० कात्तिक ३० गते जिल्ला अदालत इलामले दोषी ठहर गर्दै नौ वर्ष काराबासको फैसला सुनाएको थियो ।

अदालतले काराबास सुनाए पनि रसाइली फरार रहेपछि प्रहरीले खोजीकार्य चलाइरहेको थियो । रसाइली पक्राउ परेसँगै बिहीबारै कारागार चलान गरिसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here