बाजुरामा पहिरोले घर पुरिँदा एकै परिवारका २ जनाको मृत्यु, ५ जना घाइते

0
488

बाजुरा,

बाजुराको गौमुल गाउँपालिका –६ शान्ति टोलमा बिहीबार राति पहिरोले घर पुरिँदा एकै घरका २ जनाको ज्यान गएको छ । पहिरोमा परेर अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

पहिरोमा परेर ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी निस्मिताको ज्यान गएको हो । अन्य ५जना घाइते मध्ये निरुताका ससुरा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएको र अन्य ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको र घाइतेको उद्धार गरी जिल्ला अस्पताल ल्याउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।-उज्यालो अनलाइनबाट    

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here