सर्वोच्चद्धारा सुनकाण्ड प्रकरणमा उच्च अदालतकै फैसला सदर

0
509

झापा।

३३ किलो सुन तस्करी काण्ड प्रकरणमा उच्च अदालत विराटनगरले गरेका फैसला सदर गरेको छ । ३३ किलो सुन तस्करी काण्ड र सनम शाक्यको हात्या प्रकरणमा सर्वोच्च अदालतले व्यापारी महावीर गोल्यान बाहेक १९ जनाविरुद्ध उच्च अदालत विराटनगरले गरेका फैसला सदर गरेको हो ।

सर्वोच्च अदालतमा शुक्रबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले सुन तस्करी र हत्याबारे विराटनगर उच्च अदालतले गरेका फैसला सदर गरिदिएको हो । सनम शाक्यलाई चुडामणि उप्रेतीको समूहले पिटेर निर्मम यातना दिएको भिडियो सार्वजनिक भएको थियो भने यो प्रकरणमा उच्च पदस्तहरूको पनि संलग्नता रहेको सार्वजनिक भएको थियो। सुन काण्डमा जोडिएका व्यापारी गोल्यानलाई १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ भने अन्य सबैलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ ।

सुन काण्डको मुद्दा जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्च अदालतमा आएपछि उक्त फैसला भएको हो । सुन काण्डका आरोपीलाई जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्वीकार गरेपछि उच्च अदालत विराटनगरले पनि धरौटीमा छोड्न अस्वीकार गरेको थियो ।

सुन काण्डका आरोपीहरू सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण श्रेष्ठसहित २८ जनालाई थुनामा राख्ने जिल्ला र उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतले सदर भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here