झापाका जनप्रतिनिधिलाई रोगजारमूखी कार्यक्रम ल्याउन आग्रह

0
530

बिर्तामोड ।

युवाहरु उद्यमशिल बन्नका लागि स्वरोगार बन्नुपर्ने झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

समृद्धिका लागि युवा स्वरोजागर अभियान भन्ने मुल नाराका साथ जिल्ला संमन्व्य समिति, रिटर्नी माईग्रेन्ट जिल्ला कमिटी झापा,विराट सामुदायिक अध्ययन केन्द्र, अभियान नेपाल र नाईट चेस क्लब कांकरभिट्टाले शुक्रबार होटल हेभनमा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले स्वरोगजार बन्नका लागि लगनशिलता र उद्यमशिलता आवश्यक पर्ने बताएका हुन् ।

कार्यक्रममा सहभागि स्थानीय तहका जनप्रतिनिधिहरुले आफुहरु रिटर्नी माईग्रेन्टसंग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाए । वैदेशिक रोजगार विभागको तथ्याङ्कमा झापाबाट विदेशीको संख्या उच्च रहेको बताइरहेका बेला विदेशबाट आएका युवाहरुले स्वदेशमा नै रोगार बन्नका उद्यमशिलता आवश्यक रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरुलाई रोगजारमुखी कार्यक्रम ल्याउन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले देशको समृद्धि नाराले मात्र नआउने भन्दै त्यसका लागि स्वरोगार बन्नु पर्ने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिलाई विकास भनेको बाटो र पुल मात्र नभएको भन्दै साँच्चै परिर्वतन चाहेको भए विद्यालय सुधारको कार्यक्रम ल्याउन सुझाव दिए ।

कार्यपत्र प्रस्तुत गर्दै कार्यकारी उपाध्यक्ष ढुङ्गेलले एक शिक्षण संस्था एक उद्यम कार्यक्रम सञ्चालन गरे देशको विकास धेरै टाढा नरहेको विचार ब्यक्त गरे । मानिसको योग्यता र क्षमता अनुसार उसलाई उद्यमशिल बन्न प्रेरित गर्ने हो भने धेरै विकास हुने बताए । उनले अनुदानका कारण यहाँ धेरै मानिस मोट्टाएको भन्दै अनुदान सम्बन्धित वर्ग तथा समुदाय सम्म पुग्न नसकेको विचार ब्यक्त गरे ।

राष्ट्रिय युवा परिषदको पहलमा झापामा मात्रै यो वर्ष १२ वटा उद्यमका कार्यक्रमहरु सञ्चालन हुने र प्रत्येक उद्यमका लागि ५ लाख रुपैंया बजेट छुटियाएको बताए । तर यो रकम क्रमश वर्षेपछिच्छे फिर्ता गर्नुपर्ने र उद्यमशिल बन्नुपर्ने उल्लेख गरे । विदेशबाट फर्किएकाहरुले समय र कामको महत्व बुझेको भन्दै उनीहरुलाई सोही अनुसार काम गर्न सुझाव दिए ।

त्यस्तै जिल्ला समन्व्य समिति झापाका प्रमुख सोम पोर्तेलले सबै स्थानीय तहलाई स्वरोगार तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्न आग्रह गरे । उनले झापामा धेरैले उद्यमशिलताका विभिन्न कार्यहरु गरेको भनदै बजारीकरणका लागि पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलले रिटर्नी माईग्रेन्टसंग हातेमालो गर्दै स्वरोजगारका कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताए । उनले कनकाईमा कसैलाई उद्यमशिल बन्नका लागि गर्नुपर्ने आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा बिर्तामोड नगगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाई, कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाई, मेचीनगरकी उप्रमुख मीना पोख्रेल उप्रेती, अर्जुनधार नगरपालिकाकी उपप्रमुख कमला खतिवडा, शिवसताक्षी नगरपालिकाकी उप्रमुख भोजकुमारी नेपाल, गौरीगञ्ज गाँउपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ,कचनकलब गाँउपालिकाकी उपाध्यक्ष निमसरी राजवंशी लगायतका जनप्रतिनिधिहरुले आ–आफ्नो स्थानीय तहमा स्वरोजगारका कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै विदेशमा सिकेका सीप र क्षमतालाई आफ्नै देशमा प्रयोग गर्न आफुहरु तयार रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here