मारवाडी महिलाले मनाए तीज

0
1048

बिर्तामोड ।

मारवाडी समुदायबाट पहिलो महिला चार्टर एकाउण्टेन भएको भन्दै नेहा अग्रवाललाई सम्मान गरिएको छ । मारवाडी महिला मञ्च ,मारवाडी युवती मञ्च बिर्तामोडले अग्रवाललाई सम्मान गरेको हो ।

तीज – सिन्धारा कार्यक्रमको अवसर पारेर बिर्तामोडमा आयोजना गरिएको कार्यक्रमकाबीच उनी सहित एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने हर्षिता जाजोडियालाई समेत सम्मान गरिएको थियो । बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाईले सम्मानित दुवैजनालाई सम्मान पत्र प्रदान गरेकी थिइन् ।

मारवाडी महिला मञ्चकी अध्यक्ष रीता चित्लाङ्गीयाको सभापतित्वमा भएको कार्यक्तममा नेपाल राष्ट्रिय मारवाडी परिषदको केन्द्रीय उपाध्यक्ष निर्मला जोशी, मारवाडी महिला मञ्च विर्तामोडकी निर्वतमान अध्यक्ष दीपा खेडिया लगायतले वोलेका थिए ।

कार्यक्रममा सारिका अग्रवालले सास्कृतिक कार्यक्रम गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन मञ्चकी सचिव चाँदनी अग्रवालले गरेकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here