पटके कर नलिँदा राजश्व गुम्यो

0
1161

बिर्तामोड।

यातायात व्यवस्था कार्यालय मेचीले सवारीबाट अस्थायी बाटो इजाजत पत्र (पटके कर) लिन नसक्दा बर्सेनि लाखौं रुपैयाँ राजश्व गुम्ने गरेको पाइएको छ ।

भारतीय सवारी साधनसहित नेपाली सवारी साधनबाट पनि पटके कर लिन पाइने व्यवस्था अनुरुप यातायात व्यवस्था कार्यालय मेचीले पटके कर लिने गरेको थियो । तर, कार्यालयले आफू अनुकूल मात्र सवारीबाट पटके कर लिँदा बर्सेनि राजश्व गुम्ने गरेको कार्यालयका कर्मचारीले नै स्वीर्कादै आएका छन् ।

कुनै पनि भाडाको सवारी साधन एउटा रुटबाट अर्काे रुटमा सञ्चालन गर्नु परे इजाजत लिनु पर्ने हुन्छ । इजाजतका लागि यातायात व्यवस्था कार्यालयले निश्चित समय र दूरीका लागि निश्चित रकम लिएर अस्थायी इजाजत पत्र दिने गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐनको दफा ८१ बमोजिम पटके बाटो इजाजतपत्र लिन चाहने सवारी धनी वा व्यवस्थापकले अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–३४ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्ने हुन्छ ।

(२) उपनियम (१) बमोजिम दरखास्त परेमा कार्यालयले जाँचवुझ गरी ऐनको दफा ८१ बमोजिमको अवधिका लागि अनुसूची–३५ बमोजिमको ढाँचामा पटके बाटो इजाजतपत्र यातायात व्यवस्था कार्यालयले दिने गरेको छ ।
तर, यातायात व्यवस्था कार्यालय मेचीले पूर्व– पश्चिम राजमार्गबाट सेवा उपलब्ध गराउनु पर्ने भएपनि राजमार्गबाट भित्र रहेको आफ्नो कार्यालयबाट उक्त सेवा दिँदै आएको छ । जसका कारण सेवाग्राही सेवा लिन नजाने गरेको कार्यालयका कर्मचारीले बताउँदै आएका छन् ।

सेवाग्राही सेवा लिन नआएपछि राजश्व गुम्ने गरेको कार्यालयका निमित्त प्रमुख इञ्जिनियर गोपीचन्द्र वोहोराले समेत स्वीकार गरे । उनले आगामी एक महिनाभित्रै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नै पटके कर असुल गर्नका लागि कार्यालय स्थापना गर्ने बताए । राजमार्ग अन्र्तगत नै कार्यालय स्थापना गरेपछि पटके कर असुलीमा बृद्धि हुने निमित्त प्रमुख बोहोराको भनाइ छ ।

पूर्वको मेची,पशुपति तथा भद्रपुर भन्सार नाकाबाट प्रवेश गरेका सवारीले पटके कर नै नबुझाई वीरगञ्जसम्म पुग्ने गरेको फेला पारेको प्रमुख बोहोराले बताए । तर, कार्यालय राजमार्गभन्दा भित्र रहेकाले नियमित जाँच गर्न नसकिएको र अधिकांश सवारी पटके कर विना गुड्ने गरेको उनको भनाइ छ । आर्थिक वर्ष २०७५÷७६ मा कार्यालयले ७१ लाख ६७ हजार १ सय ९० रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । यो सँंगै कार्यालयले पञ्जीकरण शीर्षकमा १४ लाख ४७ हजार प्रमाणीकरणमा एक लाख ९३ हजार ८ सय ५० रुपैयाँ राजश्व संकलन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here