मृततको परिवारलाई राहत सामग्री

0
839

बिर्तामोड।

विरिङ खोलाले बगाएर मृत्यु भएको र वेपत्ता बनेका वालकको परिवारलाई आज नेपाल रेडक्रस सोसाइटी उपशाखा वाह्रदशीले सहयोग प्रदान गरेको छ ।

गत साउन १४ गते विरिङ खोलाले बगाउँदा रोहित मल्लिकको ११ वर्षीय छोरा बेपत्ता बनेका थिए भने सन्तोष मल्लिकका १३ वर्षीय छोरा वादलको मृत्यु भएको थियो ।

मृतकको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा वाह्रदशीका सभापति दयानन्द गोश्वामाको अगुवाइमा गएको टोलीले राहत सामग्री प्रदान गरेको थियो ।

सो सामग्री नेपाल रेडक्र सोसाइटी प्रदेश नम्वर १ का कोषाध्यष ओमप्रकाश गौतम सहितका स्थानीय जनप्रतिनिधिले हस्तान्तरण गरेको वाह्रदशी ३ कि जनप्रतिनिधि लक्ष्मी निरौला अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here