कनकाईको बजेट ७४ करोड, लक्षित वर्ग र सामाजिक सुरक्षालाई प्रमुख प्राथमिकता

१८ श्रावण २०७६, शनिबार मा प्रकाशित

तीर्थराज खरेल / सुरुङ्गा ।

कनकाई नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को ७४ करोड रुपैयाँको बजेट सार्वजनिक भएको छ ।

आफ्नो अफिसियल वेभसाइटमार्फत नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पाँचौं नगरसभाबाट पारित नगरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् । आ.व.२०७६÷०७७ का लागि ७३ करोड ७७ लाख ५० हजार रुपैयाँको आय–व्यय विवरणसहितको बजेट सार्वजनिक गरिएको हो ।

आयतर्फ आन्तरिक स्रोतबाट ४० करोड ८० लाख, रजिस्ट्रेसन दस्तुर १ करोड ३८ लाख ४८ हजार, वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट १३ करोड २९ लाख, राजश्व बाँडफाँड केन्द्र सरकारबाट ८ करोड ८९ लाख, वित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट ७३ लाख ९९ हजार, राजश्व बाँडफाँड प्रदेश सरकारबाट १ करोड ४५ लाख ३ हजार, सशर्त अनुदान केन्द्र सरकारबाट १४ करोड ७६ लाख र अन्य अनुदानबाट १६ करोड ९० लाख गरी ४७ करोड २ लाख ५० हजार रुपैयाँ अनुमान गरिएको छ ।

त्यसै गरी, आयतर्फ नै सडक बोर्ड योजनाबाट १ करोड, राष्ट्रपति चुरे संरक्षण योजना १ करोड ९० लाख, तराई–मधेश समृद्धि कार्यक्रमबाट १ करोड १० लाख, समपुरक कोष संघीय तथा प्रदेश सरकारबाट ९ करोड २० लाख, चालु सामाजिक सुरक्षातर्फ १३ करोड ५५ लाख गरी कुल ७३ करोड ७७ लाख ५० हजार रुपैयाँको आय अनुमानित गरिएको छ ।

यता, व्ययतर्फ तथ्याङ्क सङ्कलन तथा लगत निर्माणमा ३० लाख, विद्युत विस्तार, सडक बत्ती तथा सौर्य ऊर्जा ५० लाख, खानेपानी तथा ढल निर्माण ५० लाख तटबन्धनमा १ करोड ५० लाख, पर्यटन तथा संस्कृति जगेर्ना १ करोड, शिक्षातर्फ १ करोड, समपूरक कोष अन्तर्गत सुरुङ्गा बजारमा बहुउद्देश्यीय भवन निर्माणका लागि ३ करोड, सडक कालोपत्रे तथा ब्लक निर्माणमा १ करोड, सवारी साधनबापत ६० लाख, सडक निर्माण तथा स्तरोन्नतिबापत ४० लाख, वार्डस्तरीय योजनाबापत ९ करोड,स्वास्थ्य कार्यक्रममा ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसै गरी, व्ययतर्फ विपद तथा प्रकोप व्यवस्थापनमा ५० लाख, लक्षित वर्ग कार्यक्रममा १ करोड, फोहोरमैला व्यवस्थापनमा ४० लाख, सूचना तथा सञ्चारमा २० लाख, खेलकुदमा २५ लाख, कृषि तथा पशुपालनमा १ करोड २० लाख, संस्थागत सहयोगमा १ करोड १९ लाख, भवन निर्माण (कार्यालय) तर्फ १ करोड ५० लाख, फर्निचर फिक्चर्समा २० लाख, मेशिनरी औजार, कम्प्युटर तथा प्रिन्टरबापत ११ लाख, घरबारविहीनलाई मेयर आवास योजनाका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसै गरी, सडक बोर्ड योजनामा १ करोड, राष्ट्रपति चुरे संरक्षण योजना १ करोड ९० लाख, तराई–मधेश समृद्धि कार्यक्रममा १ करोड १० लाख, समपुरक कोष (संघीय तथा प्रदेश सरकार) मा ९ करोड २० लाख, चालु सामाजिक सुरक्षातर्फ १३ करोड ५५ लाख रुपैयाँ गरिएको छ ।

नगरपालिकाले चालु खर्चबापत ५६ करोड ५५ लाख र सशर्त चालु खर्चवापत १४ करोड ७६ लाख रुपैयाँ छुट्याएको छ । कनकाई नगरपालिकाको पूँजीगत खर्च, योजनामार्फत खर्च गर्नुपर्ने, चालु सामाजिक सुरक्षा, चालु खर्च र सशर्त चालु खर्च गरी कुल जम्मा ७३ करोड ७७ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७५÷७६ को बजेट ४९ करोड ७९ लाख २ हजार रुपैयाँको थियो आ.व. २०७४÷७५ को बजेट ४० करोड २६ लाख ५५ हजार रुपैयाँको रहेको थियो । स्थानीय सरकारको गठन हुनुपूर्व सानो आकारको बजेटबाट सञ्चालन हुने विकास–निर्माणका कामहरु गर्ने स्थानीय तहमा स्थानीय सरकारको अधिकारसहित ठूलो आकारको बजेटबाट गरिने विकासनिर्माणका कामहरुका कारण केही वर्षभित्रमै नगरको सडक, विद्युतीकरण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा ठूलो परिवर्तन हुने देखिन्छ ।

लक्षित वर्ग र सामाजिक सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेको नगरको नीतिले महिला, पिछडिएको क्षेत्र, बालबालिका, ज्येष्ठ नागरिक लगायतको जीवनमा समेत सहजता आउने नीति तथा कार्यक्रमले दाबी गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here