बुद्धशान्तिकी मनिषा छमछमीको उत्कृष्ट १२ मा

0
1103

रोसन भट्टराई/झापा ।

रियो छमछमी नृत्य प्रतियोगीताको टप १२ मा बुद्धशान्ति–४ की दिलमाया लिम्बु (मनिषा) छनौट भएकी छिन् ।

पूर्वतर्फको एकमात्र प्रतिनिधी उनी टप १२ बाट टप १ मा आउन यतिबेला धेरै भन्दा धेरै भोटको खाँचो रहेको बताइएको छ ।

यही साउन १८ गते राती १० बजेबाट भोटिङ लाईन खुल्ला गरिएको र साउन २३ गते बिहिबार बिहान सम्म भोटिङ गर्न सकिने प्रतिस्पर्धी लिम्बुले बताएकी छिन् । उनलाई भोट गर्नका लागि cc (space) 03 लेखेर 31009 मा पठाउनु पर्ने हुन्छ ।

बुबा स्व. काजीमान लिम्बु र आमा सुभद्र लिम्बुकी छोरी मनिषा सानै उमेर देखि नृत्यमा रुची राख्थिन् । झापा नृत्य कलाकार संघको क्षेत्रिय कोषाध्यक्ष समेत रहेकी लिम्बु सोरठी कला केन्द्रकी नृत्यकार हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here