कृषि र पूर्वाधार निर्माणमा झापा गाउँपालिकाको जोड

0
538

सुरुङ्गा।

झापा जिल्लाको सुदूर दक्षिण सीमावर्ती क्षेत्रमा रहेको झापा गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेटको उद्देश्य कृषि र पूर्वाधार निर्माणलाई बनाएको छ ।

सुखी नेपाली र समृद्ध नेपाल निर्माणको महाअभियानमा साझेदारी गरी सुखी झापाली र समृद्ध झापा निर्माण गर्न ‘झापा समृद्धिको आधार, कृषि र पूर्वाधार’ भन्ने मूल नारालाई झापा गाउँपालिकाले अघि सारेको हो । मैदानी फाँट भएर पनि पूर्वाधारमा कमजोर रहेको झापा गाउँपालिकाले पूर्वाधार विकासमा सबभन्दा बढी प्राथमिकता दिँदै कृषि क्षेत्रलाई यान्त्रिकीकरण तथा व्यावसायिकीकरण गर्ने गरी बजेट विनियोजन गरेको छ ।

झापा गाउँपालिकाका अध्यक्ष जननारायण शाहले दिएको जानकारी अनुसार सडक पूर्वाधारको विकास गर्नु, कृषिको आधुनिकीकरणसहित कृषि पर्यटनको विकास गर्नु, सामाजिक न्यायसहित समतामूलक समाज निर्माण गर्नु, रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्नु, छिटोछरितो र मुस्कानसहितको सार्वजनिक सेवा प्रवाह गर्नु, सुसंस्कृत समाज र सुशासन युक्त संगठन निर्माण गर्नु आदिलाई प्राथमिकता सूचीमा राखेर बजेट निर्माण गरिएको हो ।

सभ्य समाज र विधिमा सञ्चालन हुने संगठन निर्माण गर्नु, स्वास्थ्य, शिक्षा आदिलाई गुणस्तरीय बनाउनु आदि उद्देश्यलाई पनि बजेटमा समेटिएको छ । गाउँपालिकाले यसअघि चौथो गाउँसभाबाट पारित आर्थिक वर्ष २०७५÷०७६ को ३६ करोड १० लाख ३० हजार बराबरको अनुमानित आय–व्ययको विवरण समेटिएको वार्षिक बजेट, नीति, कार्यक्रम तथा निर्णयहरु सार्वजनिक गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here