नमुना सामुदायिकको वनक्षेत्रमा चरीचरनसहित २० वटा कार्य गर्न रोक

0
589

अर्जुनधारा।

झापाको अर्जुनधारा–९स्थित नमुना सामुदायिक वन उपभोक्ता समूहले प्रमुख समस्याकोरुपमा रहेको चरीचरनसहित २० वटा कार्य गर्न रोक लगाएको छ ।

समूहका अध्यक्ष भानु श्रेष्ठको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त विषयमा निर्णय गर्दै रोक लगाएको हो ।

चरीचरनसँगै वन क्षेत्रको जग्गा अतिक्रमण, वन क्षेत्रको ढुंगा, माटो, गिटी तथा बालुवा झिक्न, अवैध चोरीशिकार, फोहोर फ्याँक्न, रोपिएको विरुवा उखेल्न, फलफूल र जडीबुटीको बिरुवामा क्षती पु¥याउनेलगायतका कार्य कसैले गरेको भेटीए समूहको विधान र कार्ययोजनामा उल्लेख भएको जरीवाना गरीने अध्यक्ष श्रेष्ठले बताए ।

पहिलो पटक, दोस्रो पटक र तेस्रो पटक गरी तीन चरणमा वर्गीकरण गरिएको जरीवाना नगद देखि थप कार्वाहीको लागि सम्बन्धित निकायमा सार्वजनिक मुद्धाका लागि पठाइने सम्म रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here