धु्रवतारालाई झिलझिले प्रहरीको निम्तो, अपराध घटाउन हातेमालो गरौ — प्रहरी

0
644

झिलझिले ।

समाजका बिद्यमान संभावित अपराधलाई नियन्त्रण गर्न नेपाल प्रहरीले देशैभर समुदाय — प्रहरी साझेदारी कार्यक्रम संचालन गरिरहेको छ । यो कार्यक्रम संचालन भएपछी झापामा भने अपराध घटेको र अपराधका सुचना तत्काल पाईन थालेको जिल्ला प्रहरी कार्यलय झापाले दाबि गरेको छ ।

समुदायलाई प्रहरी कार्यलयमै बोलाएर “प्रहरी संग एक दिन” कार्यक्रम जिल्लाका हरेक प्रहरी कार्यलयमा संचालन भईरहेका छन । जस्का कारण समाजमा हुने अपराधका तु ईनफरमेसन आउन थालेको प्रहरी कार्यलय झापाका प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए । अपराध पनी तुलनात्मक रुपमा घटेकै छ, प्रहरी उपरिक्षक मैनालीले भने —यो सवै “प्रहरी संग एक दिन” कार्यक्रमको उपलब्धी हो ।’

आईतवार ईलाका प्रहरी कार्यलय झिलझिलेले यस्तै चेतनात्मक कार्यक्रम आफ्नै परिसरमा गर्यो । यस अघि स्थानिय सेभेनसीज, पशुपती बोर्डिङ्ग र झिलझिले माबिका छात्र छात्रा लाई बोलाएर प्रहरी कार्यलयबाट प्रदान गरिने नागरीक सेवासुविधाका बारेमा जानकारी दिएको थियो भने आईतवार दुधेको धु्रवतारा अंग्रेजी माध्यमिक विद्यालयका कक्षा ९ र १० का ७५ जना बिद्यार्थीलाइ पाहुना बनाएर प्रहरीले गर्ने कामकोबारेमा जानकारी गराएको थियो ।

प्रहरी, समुदाय, स्थानिय तह साथै विध्यालयको समन्वयात्मक भुमिकाबाट समाजका विकृती बिसंगतीहरु मुक्त पार्ने कार्यक्रमको मुख्य उदेश्य हो । कार्यक्रममा विद्यार्थीहरुलाई प्रहरी सेवा प्रवाहको प्रणाली, प्रहरी सेवाको किसीम साथै प्रहरी मेरो साथी, मुस्कान सहितको प्रहरी सेवा र समुदाय प्रहरी साझेदारी लगायतका विषयमा ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ्ठाकुरले प्रस्ट्याएका थिए ।

समाजमा हरेक कारणबाट अपराध घट्न सक्ने र विद्यार्थी सुचनाको विश्वासिलो श्रोत भएकाले हरेक विद्यालयका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराईएको प्रहरी निरीक्षक ठाकुरले वताए । समाजमा दिनहुँ हुने कुटपिट, लुटपाट, लागु औषध सेवन तथा त्यसको ओसारपसार, बलत्कार, गाई गोरुको तस्करी, सवारी दुर्घटना लगायतका अपराध समाजमा भए गरे प्रहरीलाई तत्काल सुचना दिन उनले विद्यार्थीलाई आग्रह गरे । उनले भने, ‘तपाईहरु पनी प्रहरी नै हो, मात्र फरक मैले नेपाल प्रहरीको बर्दी लगाएको छु तपाईहरुले लगाउनु भएको छैन ।’

ईलाका प्रहरी कार्यलय झिलझिलेको कर्मचारी प्रशासन शाखा, संचार शाखा, हिरासत कक्ष, नागरिक सुनवाई कक्ष, प्रहरी प्रमुखको कार्यकक्ष, खाना खाने मेस, दुर्घटनाका सवारी साधन, हातहतियार कक्ष, प्रहरी वस्ने ब्यारेक लगायत विद्यार्थीलाई प्रत्यक्ष देखाईएको थियो । भोलिको समाजलाई दिशानिर्देश गर्ने समाजका विभिन्न तहमा रहेका बर्गलाई उनिहरुको सामाजिक उक्तरदायित्व प्रति समेत जानकार र सचेत बनाउनु आवश्यक रहेकाले उनिहरुलाई प्रहरी कार्यलयमा नै वोलाएर जानकारी गराईएको प्रहरी निरीक्षक ठाकुरले वताए ।

प्रहरी कार्यलयमा पहिलो पटक आएका कक्षा १० का विद्यार्थी निसान भट्टराईले प्रहरी संगको एक दिन कार्यmक्रम फलदायी बनेको वताए । समाजमा हुने हरेक प्रकारका अपराध निर्मुल पार्न आफ्नो पनि भुमिका रहेछ भन्ने प्रहरी कार्यलयमा आएर वुझेको वताए । ‘हरेक अपराध निन्त्रणका लागि हाम्रो भुमिका सकरात्मक रहने छ, ।’ उनले भने — प्रहरी संग छिन होईन एक दिन बस्ने कार्यक्रम रहेछ ।’

उक्त कार्यक्रमका प्रहरी नायव निरीक्षक द्धय डम्वरप्रसाद आचार्य, दिपेश राजबंशी, प्रहरी साहायक निरीक्षक टंक खत्री, ट्राफिक प्रहरी साहायक निरीक्षक रोहितकुमार थापा लगायतले विद्यार्थीलाई बिषयगत कक्षको स्थलगत निरीक्षण गराउदै चेतनामूलक जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here