क्यानडा पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा झापामा एक ब्यक्ति पक्राउ

0
1125

झापा ।

सामाजिक सञ्जालमा साथी बनाई क्यानडा पठाइ दिन्छु भन्दै झण्डै एक सय जना युवालाई ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको उर्लावारी नगरपालिका – ७ निवासी ३६ वर्षीय रामवहादुर खड्का रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्काले आफू क्यानडामा बस्तै आएको र वुवा विरामी भएर नेपाल आएको बताउँदै केही दिनमै आफू क्यानडा गएपछि दुई लाख दिए क्यानडा लाने भन्दै युवालाई ठग्ने गरेको आरोप छ ।

झापा, मोरङ सहित पूर्वी नेपालका विभिन्न व्यक्तिसंग पक्राउ परेका खड्काले दुई लाख रुपैयाँका दरले झण्डै एक सय जनासंग रकम उठाएको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनी , जिल्ला प्रहरी कार्यालय झापा र १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरको विशेष टोलीले खड्कालाई आज झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका खड्काले सुरुमा फेसवुक, भाइवर, लगायतका सामाजिक सञ्जालमा साथी बनाउने गरेको र उनीहरुसंग नजिक हुँदै उनीहरुको घरैसम्म पुगेर विश्वास दिलाउँदै क्यानडा लाने आश्वासन देखाएर ठगी गर्ने गरेको आरोप छ । पक्राउ परेका खड्काले ४५ जनाबाट दुई लाख रुपैयाँको दरले रकम असुलेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here