दुर्गापुर बजारको स्वर्ण महोत्सव

0
1356

दुर्गापुर।

कनकाई नगरपालिका वडा नं. ७ स्थित दुर्गापुर बजार स्थापनाको ५० औं बर्षगाँठ मनाइने भएको छ । दुर्गापुर बजारमा आयोजित बजार व्यवस्थापन समिति र कनकाई नगरपालिका–७ वडा समितिको संयुक्त भेलाले सो निर्णय गरेको हो ।

वि.सं.२०२६ साल असोज १२ गतेदेखि प्रारम्भ भएको दुर्गापुर बजार आगामी असोज १२ गते आइतबारदेखि ५०औं बर्षमा प्रवेश गर्दैछ । सोही दिन स्वर्णमहोत्सव बर्षको उद्घाटन गरी बर्षैभरि हरेक महिना कार्यक्रम गरी अर्को बर्ष समापन गरिने भएको छ । बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद भट्टराईको संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल समारोह समिति, २९ सदस्यीय सचिवालय समिति र १५ वटा विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

गठित उपसमितिहरुमा गणेश पोखरेलको संयोजकत्वमा ५१ सदस्यीय सल्लाहकार समिति, प्रकाश शिवाकोटीको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक समिति, अनिरुद्र चापागाईको संयोजकत्वमा सात सदस्यीय सांस्कृतिक समिति, कृष्ण श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय खेलकुद समिति, डिल्लीराम परदेशीको संयोजकत्वमा सात सदस्यीय साहित्य समिति, अमृत योङहाङको संयोजकत्वमा पाँच सदस्यीय सूचना तथा सञ्चार समिति, गीता चौहानको संयोजकत्वमा ११ सदस्यीय अतिथि सत्कार समिति गठन गरिएको छ ।

त्यस्तै खड्गप्रसाद वास्तोलाको संयोजकत्वमा ११ सदस्यीय सरसफाई समिति, दुर्गा नेम्वाङको संयोजकत्वमा पाँच सदस्यीय स्मारिका सम्पादन समिति, कुशल न्यौपानेको संयोजकत्वमा ११ सदस्यीय मञ्च व्यवस्थापन समिति, गोपाल शिवाकोटीको संयोजकत्वमा २५ सदस्यीय स्वयम्सेवक परिचालन समिति, प्रेमकुमार फोम्बोको संयोजकत्वमा ११ सदस्यीय झाँकी व्यवस्थापन समिति, इन्द्रहरि भट्टराईको संयोजकत्वमा सात सदस्यीय स्वास्थ्य समिति, मनोज थापाको संयोजकत्वमा नौ सदस्यीय अतिरिक्त समिति, प्रल्हादप्रसाद घिमिरेको संयोजकत्वमा सात सदस्यीय अनुगमन तथा मूल्याङ्कन समिति गठन गरिएको छ ।

अध्यक्ष देवीप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष लिलाबहादुर कन्दङ्वाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा डिल्लीराम चौंलागाई, अमृत योङहाङ, प्रल्हाद प्रसाद घिमिरे, गेहनाथ उप्रेती लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन राजु अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here