अभिनयमा अब्बल ज्येष्ठ महिला

0
572

इच्छा, आकांक्षा र मन छ भने कुनै पनि काम गर्न उमेरले छेक्दैन भन्ने उखानलाई चरितार्थ गरेका छन् झापा बिर्तामोडका सात जना महिलाले ।

झापाको बिर्तामोड– २ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा गत साउन १५ गतेबाट मञ्चन भइरहेको नाटक रुवामा अभिनय गरेर उनीहरुले तन्नेरी उमेरकालाई समेत चुनौति दिएका छन् । नाटक रुवामा अभिनय गर्ने ७२ वर्षीया माया सिटौला, ६२ वर्षीया शान्तादेबी पौडेल, ५१ वर्षीया मेनुका घिमिरे, ५५ वर्षीया मुना उप्रेती, ४६ वर्षीया कमला संग्रौला, ५५ वर्षीया गोमा बिमली र ३२ वर्षीया मनिसा सिटौलाको अभिनय तन्नेरीले गरेको अभिनयभन्दा पनि कम छैन ।

नाटक रुवामा उनीहरुले गरेको अभिनय हेर्दा उनीहरु कुनै नौला कलाकार जस्ता लाग्दैनन् । सबैले शसक्त र जीवन्त अभिनय गरिरहेको नाटकका निर्देशक प्रकाश दाहालले बताए । कहिल्यै रंगमञ्चमा अभिनय नगरेका महिलाहरुलाई आर्ट स्टुडियोले बिर्तामोड– २ चारपानेमा आयोजना गरेको एक महिने नाट्य कार्यशालामा सहभागि गराएर उनीहरुको जीवन भोगाइ र अनुभबबारे छलफल गरी नाटक रुवा तयार पारेको नाटकका निर्देशक दाहालले बताए । कहिल्यै रंगमञ्चमा अभिनय नगरेका महिलाहरुलाई एक महिने नाट्य कार्यशाला पश्चात तीन महिनाको रिहलसल गराएर अभिनयका लागि मञ्चमा उतारेको उनले बताए ।

नाटकमा उनीहरुले इतिहास, संस्कृति, राजनीतिक घटनाक्रम, वैदेशिक रोजगारीले दिएको पीडा, राजनीतिक परिवर्तनले निम्त्याएको समस्या, सामाजिक बिक्षिप्तता, महिला हिंसा, बाल मनोविज्ञान, सडक दुर्घटना जस्ता बिषयवस्तुमा शसक्त र जीवन्त अभिनय गरिरहेका छन् । नाटकमा कलाकारहरुले अभिनयका माध्यमबाट सामाजिक चरित्रलाई उजागर गरेका छन् । नाटकको विषय हेर्दा सामान्य लागेपनि नाटक हेरिरहँदा दर्शकहरुलाई यो नाटक मात्र नभएर वास्तविक घटना हो कि भन्ने आभाष हुन्छ ।

नाटक नवरसले भरिएको छ । नाटक हेरिरहँदा दर्शकहरु पेट मिचिमिचि हाँस्छन् भने उनीहरु रुन्छन् पनि । नाटकमा प्रयोग भएको सेट, बिम्ब र प्रकाशले समेत दर्शकलाई सन्तुष्टि दिएको छ । चे शंकरको लेखन तथा प्रकाश दाहालको निर्देशन र सलिल सुवेदीको संगीत र प्रोडक्सन म्यानेजर शेखरप्रसाद सेढाई रहेको नाटक रुवा आगामी साउन २१ गतेसम्म मञ्चन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here