बिर्तामोडको प्रहरी हिरासतबाटै थुनुवा फरार

1
1500

सुरुङ्गा,

लागू औषधसहित पक्राउ परेका एक व्यक्ति प्रहरीको हिरासतबाटै फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शंकर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन् । बिर्तामोडस्थित नयाँ वसपार्कमा आइतवार पक्राउ परेका गजमेरलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल पु¥याएको थियो ।

बिर्तामोडस्थित कनकाई अस्पताल पु¥याइएका गजमेर अस्पतालको पछाडिपट्टीको झ्याल फुटाएर फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

लागू औषध सहित पक्राउ परेका जगमेर सामान्य विरामी जस्तोपनि देखिएका थिए उपचार गर्न र लागू औषधिको मेडिकल गर्न अस्पताल पु¥याइएको थियो अस्पतालबाटै भागेछ – ‘प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो – फरार गजमेरको खोजी कार्य शुरु गरिएको छ ।’

1 COMMENT

  1. गजमेर कि जगमेर???
    यति प्रतिस्ठित पत्रीकाले सामान्य ब्याकरण पनि अलि ध्यान दिने कि?????

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here