कर्णालीको लक्ष्य ७ करोड ९५ लाख नाफा

0
1089

बिर्तामोड।

कर्णाली वचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

अध्यक्ष टसवहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा १९ वटा सेवा केन्द्रका प्रमुखले संस्थाको गतिविधि प्रस्तुत गरेका थिए । पाँच करोड ४१ लाख भन्दाबढी मुनाफा गरेको सहकारीले आगामी वर्षका लागि समेत मुनाफाको लक्ष्य लिएको छ ।

आगामी आर्थिक वर्ष भित्र ७ करोड ९५ लाख रुपैयाँ मुनाफा हासिल गर्ने लक्ष्य राखेको सहकारीले पूर्व बजेटको समेत समीक्षा गरेको थियो । लेखा विभाग प्रमुख विकास कोइरालाले गत वर्षको बजेटको समीक्षा गरेका थिए ।

संस्थाकी उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले स्वागत गरेको कार्यक्रममा अनुगमन विभाग प्रमुख लक्ष्मीनारायण भट्टराईले आगामी बजेटका विषयमा जानकारी गराएका थिए ।

संस्थाको सुचकाङ्कका विषयमा अध्यक्ष श्रेष्ठले प्रकाश पारेको कार्यक्रममा गोविन्द विक्रम गिरी, जानुका ओली, गौरीमान फागो लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव भूपाल बस्नेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here