बिर्तामोडमा मेकअप वर्कसप

0
551

बिर्तामोड।

निलडेबिड एकाडेमी बिर्तामोडको आयोजनामा बिर्तामोडमा दश दिवसीय मेकअप वर्कसप सम्पन्न भएको छ ।

पछिल्लो समय मेकअप आर्टिस्टको माग समेत बढेकाले झापामा दक्ष मेकअप आर्टिस्ट उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको मेकअप वर्कसपमा इलाम र झापाका २६ जनाको सहभागिता रहेको थियो ।

एनडिके मेकअप एकाडेमी काठमाडौं तथा नेपाल आइडल सिजन–१ का सिनियर मेकअप आर्टिस्ट सन्दीप डंगोलले मेकअप वर्कसपमा सहभागीलाई वेसिक मेकअप, पार्टी, इन्गेजमेन्ट, मेकअप, ब्राइडल मेकअप, छालाको विश्लेषण तथा पर्मानेन्ट मेकअप, हलोइन मेकअप, र्याम्प सम्बन्धी प्रशिक्षण दिएका थिए ।

बिर्तामोडमा पहिलोपटक उनले वर्कसपमा सहभागी विद्यार्थीहरुलाई हलोइन मेकअप, र्याम्प एअर ब्रस मेकअप सम्बन्धी प्रशिक्षण समेत दिएका थिए । कार्यक्रममा सहभागीले तालिम फलदायी भएको बताएका थिए । हेयर स्टाइलिष्ट निलडेबिड कटुवालले निकट भविष्यमा बिर्तामोडमा हलिउड स्टाइयलको एनडिके मेकअप स्टुडियो एण्ड एकाडेमी सञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रममा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको निलडेविड एकाडेमी बिर्तामोडकी कर्मचारी सुजता कटुवालले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here